पेरिसमा इनास फ्रान्सको दसैँ तिहार धमाका २०७८ भब्य रुपमा सम्पन्न

अन्तरास्ट्रिय कलाकार समाज (इनास) फ्रान्सको आयोजनामा ३१ अक्टोबर २०२१, आइतबारका दिन फ्रान्सको राजधानी पेरिसमा “दसैं-तिहार धमाका” नामक बृहत सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।

रास्ट्रिय गानबाट बिधिबत रुपमा सुरु गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारी हुनु हुन्थ्यो त्यस्तै विशेष अतिथिमा बेल्जियम बाट पाल्नुभएका इनास क्षेत्रीय सह संयोजक श्याम श्रेष्ठ हुनु हुन्थ्यो।

पेरिसमै बसोबास गर्ने करिब ४० जना भन्दा बढी कलाकारहरुको आकर्षक एकल तथा सामुहिक नृत्य/गायनले माहौल निकै तताएको थियो । दिपेन्द्र (क्रिष) थापा, रोशिना अधिकारी को न्रित्यले सम्पूर्ण दर्शकहरुको मन जित्नुका साथै हुटिंङ र तालि द्वारा पुरस्कृत हुन सफल भएको थियो।

फेन्टास्टिक पेरिस गर्ल्सको काउ सङ लगायतका आकर्षक गितहरुले दर्शकलाइ स्टेज अगाडी तान्न सफल भयो। त्यस्तै “प्रक्रित” समुह र “धुन सेसन” समुह ले ड्रमसेटका साथ दर्शकहरुलाई थप मनोरन्जन दिन सफल भएका थिए।  नविन के परियार, कृष्टिना अधिकारी, उदयराज पान्डे, केन्जल अधिकारी, बर्षा दाहाल चुडाल, विजय लामा, ले गायन मार्फत आफ्ना प्रस्तुतिहरु दिएका थिए। मधुकर देवकोटा र अनुराधा पौडेलले कविता वाचन गर्नु भएको थियो। न्रित्यमा निखिल अर्याल, बिप्लव खनाल, सुशान्त अधिकारी, नन्दिता अर्याल, प्राप्ति श्रेष्ठ, शर्मिला गुरुङले दर्शकहरुको प्रसंसा बटुलेका थिए। (थप नाम र फोटो इनासको पेजमा)

अत्यमा आभाष आचार्य प्रोडक्सनको रकिंग कन्सर्टले सम्पूर्णलाइ स्टेज अगाडी नचाउन सफल भएको थियो। कार्यक्रममा फ्रान्सका कलाकारहरुको पहलमा तयार गरिएको वेभ सिरिज “इशारा” छिट्टै रिलिज हुने जानकारी निर्माता जीवन थापा मगरले दिनु भएको थियो।


स्वास्थ्य मापदण्ड पालना र खोप कार्ड स्क्यान गर्दै दर्शकहरुको व्यापक उपस्तिथीमा स्वादिस्ठ नेपाली भोजनका साथ धेरै पछि संयुक्तरुपमा कार्यक्रममा भाग लिन पाउदा नेपालकै झल्को दिएको दर्शकहरुले बताएका थिए। लामो समय देखिको दौडधूप अनि इनास कार्यसमितिका सदस्यहरुको अथक मेहेनत त्यस्तै सहयोगी हात अगाडी सारिदिने पेरिस स्थित स्थानीय नेपाली व्यावसायीहरु र अन्य उदार व्यक्तित्वहरुको सदभाव र सहानुभूतिकै कारण पेरिसमा यो बृहत कार्यक्रम हुन् सफल भएको कुरा कार्यक्रम संयोजक उदय राज पाण्डेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राजदुत दीपक अधिकारी, विशेष अतिथि इनास युरोपका सह संयोजक श्याम श्रेष्ठ, एनआरएनए फ्रान्सकी अध्यक्ष तथा सँस्थाकी संस्थापक सदस्य गीता खनाल थापा र इनास फ्रान्सका बरिष्ठ उपाध्यक्ष जगत बहादुर खड्काले कार्यक्रममा मन्तब्य राख्नु भएको थियो ।

राजदुत अधिकारिले विदेशिएका नेपालीहरुमा आफ्नो पैतृक भुमिप्रतिको नाता सम्बन्ध र संस्कार निरन्तर भैरहने, कला संस्कृती संरक्षण र प्रवर्दन गर्न इनासले खेलेको भूमिकाको प्रसंसा गर्दै लक्ष्मी पूजा तथा भाइटीकाको शुभकामना दिनुभएको थियो। इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्सका विभिन्न संघ-संस्थाहरुबाट अध्यक्षहरु लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका महासचिब महेन्द्र अधिकारी र सचिब भुवन आलेले संयुक्त रुपमा गर्नु भएको थियो। कार्यक्रममा प्रस्तुती दिने, कलाकारहरु सबैलाइ सम्मानपत्र वितरण गरिएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here