पश्चिम युरोपमा बाढीका कारण १५३ को मृत्यु, जर्मनीमा धेरै क्षति

पश्चिम युरोपका देशहरु जर्मनी, बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्गमा भारी वर्षापछि विनाशकारी बाढी आउदा १५३ जनाको ज्यान गएको छ। यसमध्य सबैभन्दा धेरै जर्मनीमा १३३ जनाको दुखद निधन भएको त्यहाँका स्थानीय समाचार एजेन्सीहरुले बताएका छन्।

कोल्ड ड्रप नामक पर्यावरणिय परिघटना पश्चात भारी वर्षापछि बाढीका साथै पहिरो जाँदा जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स र लक्जेमबर्गमा मानवीय क्षति पुगेको हो। यी देशहरुमाअन्य संयौं मानिसहरु बेपत्ता भएको बताइएको छ।

हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिदै घटना प्रति गम्भीर रहेको बताएकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here