एनआरएनए फ्रान्सका सदस्यहरुको गोप्य डाटा चोरी, सचिवलेनै MIS बाट फोनलिस्ट निकालेर आफ्नो प्रचार गर्दै

एनआरएनए फ्रान्सका सचिव राजु खप्तडी बस्नेतले MIS सिस्टममा सदस्यताको लागि आवेदन दिएकाहरुको गोप्य डाटा चोरी गर्दै धमाधम एसएमस मार्फत आफ्नो र प्यानलको प्रचार प्रसार गर्न थालेका छन्।

आफ्नो व्यक्तिगत आइडी कार्ड, पासपोर्ट, इमेल, फोन नम्बर, फोटो, ब्याङ्क रिसिप्ट आदि राखेर सदस्य बनेका पंजीकृत सदस्यहरुले आफ्नो डाटाको चरम दुरुपयोग भएको देखेपछि आपत्ति व्यक्त गरेका छन्। करिब ४९० सदस्य मध्य आफ्ना विरोधी खेमाका चिनिएका बाहेक अन्य स्वतन्त्र महिला तथा सज्जनविनहरुलाइ खप्तडीले धमाधम म्यासेज गरेको प्रमाण भेटिएको छ।

यस अघि पनि पछिल्लो अधिवेशनमा समिति बाहिरका खप्तडी र तत्कालिन कोषाध्यक्ष मिन श्रेष्ठले एसएमएस गर्न डाटा चोरी गरेको प्रमाण भेटिएको थियो। यी दुवै अहीले दलीय राजनीतिक भातृसंगठनको आडमा खडा भएको प्यानलबाट उम्मेदवार बनेका छन्।

MIS सिस्टममा भएका कमी कमजोरीका कारण सदस्यताको लागि दिइएको डाटा NCC का व्यक्तिहरुको हातमा पुग्ने गरेको छ।  जसलाई खप्तडीले चुनाव प्रचार प्रसारमा प्रयोग गरे, त्यस्तै पासपोर्ट, ब्याङ्क रिसिप्ट र अन्य डकुमेन्टको गलत प्रयोग भयो भने त्यसको जिम्मेवार कोस्ले लिन्छ ? जिम्मेवार लिने कुरा त आफ्नो ठाउँमा होला तर फ्रान्सको नियम अनुसार कुनै प्रयोजनको लागि संकलन गरिएको डाटा सम्बन्धित व्यक्तिको मन्जुरी विना व्यक्तिगत वा अन्य स्वार्थको लागि प्रयोग गरेको पाइएमा फ्रान्समा ५ बर्ष सम्मको जेल सजाय र ३ लाख युरो सम्म जरिवाना हुने व्यवस्था रहेको छ।

श्रोत : cnil.fr/fr/les-sanctions-penales

update : पेरिसनेपालमा समाचार देखेकै आधारमा पेरिस नजिकै बस्ने एकजना महिलाले सदस्यता भर्नको लागि प्रयोग गरेको नयाँ नम्बरमा खप्तडीको म्यासेज आएको देख्दा अचम्मित भएको बताएदै म्यासेज पठाएकी छिन :

यो गत बर्ष समितिमा नै नभएका खप्तडीले MIS डाटा कोषाध्यक्ष मिन श्रेष्ठ मार्फत चोरी गरेपछि त्यसको दुरुपयोग गर्दै :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here