[avatar user=”laxman” size=”thumbnail” align=”left”]लक्ष्मण गगन [/avatar]
आप्रबासी नेपालीहरुको संस्था एनआरएनए को चुनाबी प्रसंगले हाल बिदेशमा रहेका नेपालीहरुलाई फेरी एकपटक तताउँदै लागेको देखिएको छ । बिगत १६ बर्षदेखि फ्रान्समै बसोबास गरेर पनि मलाई किन एन आर एन ए प्रति पटक्कै चाख लागेन? के एन आर एन ए को पहुँच म सम्म पुग्न नसकेको हो , या म स्वयंले एन आर एन ए लाई बहिस्कार गरेको हु ? म स्वयं अनुत्तरित छु। म आफैभित्र रहेका यस्तै केही अनुत्तरित प्रश्नहरु खोतल्ने प्रयास गर्दैछु।
एन आर एन ए फ्रान्सको नयाँ कार्यकालको लागि हुन लागेको नयाँ कमिटिको निर्वाचनमा पदहरुको लागि प्रतिस्पर्धाको मैदान खुलेको छ ।चुनाब,प्रतिस्पर्धा अनि यो या त्यो पद के को लागि हो? ,पदमा भएर के उपलब्धी हुने हो या नभएर कुन जहाज डुब्ने हो आदि इत्यादी कुराहरु गहिराइमा पुगेर अनि बुझेर भोट हाल्नेहरु कति होलान ? अझ सदस्यता लिने र भोटर लिस्टमा नाम देख्न चाहनेहरु पनि खासै धेरै नभएको कुरो पनि सबैले बुझेकै छन।नेपाल सरकारले मान्यता दिएको, सबै गैर आवासीय नेपालीहरुको साझा संस्थामा बिध्ह्यामान राजनीतिक घुसपैठ अनि तल्लो तहका चलखेलहरुले एन आर एन ए को छबीमा कस्तो असर पारेको होला?आजका दिनसम्म देखिएका गुटगत अनि अस्वस्थ अभ्यासहरुले भोलिको पुस्तालाइ कस्तो एनआरएनए बनाएर हस्तान्तरण गरिने होला?के एनआरएनए गुटगत र दलीय भातृ संगठनबाट माथी राख्न सकिदैन? के परदेशमा भएको नेपाली सबैभन्दा पहिले “नेपाली”अनि त्यसपछि कुनै जात,वर्ग,दल,धर्म हुन् सक्दैन? राजनैतिक दलका झण्डा बोकेर चरम पार्टीगत राजनीतिको हावी हुनेगरी देखाइन खोजिने कथित समाजसेवामा भागिदार हुन के एनआरएन नै चाहिन्छ? यो रोग,नेपालबाट हामीले बोकेर ल्याएको नेपालीहरु भएको सबै देशको समस्या हो।
नेपाली समाजको हरेक तह र तप्कामा राजनैतिक प्रदुषणले तुष नै पारेको छ। सबैको आ-आफ्नो राजनैतिक बिचार हुनु गलत पककै पनि हैन । त्यो मेरो पनि छ, तपाईको पनि छ, अरुको पनि होला तर हजारौ किलोमिटर पारी देशलाई छोडेर यहाँसम्म आउदा पनि दलगत स्वार्थ भन्दा माथी उठ्न नसक्ने हो भने एनआरएनए लाई कसरी सबै नेपालीहरुको साझा संस्था बनाएर लैजान सकिन्छ? म र यस्तै तटस्थ बिचार बोक्नेहरुलाई,अझ भनौ पार्टीको झण्डा कोठाको दराजमा थन्क्याएर,गुट र झुंडका डमरू घरमै छोडेर सामाजिक मैदानमा उत्रिनेहरु नै निस्पक्ष समाजसेवी कहलिन लायक हुन्छन् ।हामी केवल नेपालीहरु, केवल देशको रास्ट्रीय झण्डा बोक्नेहरुलाई ,यो एनआरएन को चुनाब भनेको कागलाइ पाकेको बेल जस्तै हुनु भनेको निकै ठुलो बिडम्बना हो ।व्यक्तिगत रूपमा मैले धेरैलाई चिन्दिन तर सामाजिक संजालमा व्यक्त गरिएका अभिव्यक्तिहरुले पनि को कुन धरातलमा छ भनेर चिन्नलाई कुनै पूर्णिमा कुर्न पर्दैन। खैर,आखिर केही न केही गर्छु भनेर चुनावी मैदानमा उत्रिनु भएका सबै दिदीबहिनी दाजुभाई हरुलाई हार्दिक शुभकामना छ।जसले फुटाउने भन्दा जुटाउने सामर्थ्य राक्छ,जसले गुट उप गुटको घेरा तोडेर समाबेशी अवधारणा बोकेर आगाडि आएको छ , जस्ले आफ्ना बिरोधीहरु लाई पनि सम्मान गर्न सक्ने ल्याकत राक्छ र जस्ले हरेक नेपालीलाई एउटै आँखाले हेर्छ यस्तो माहौलको सृजना होस । हामी त्यस्तो एनआरएनको वकालत गर्छाैं । यस्तै एनआरएनको परिकल्पना के सम्भब होला ?आशा छ सबै मतदाताहरुको बिबेकले आफ्नो आफ्नो स्थानबाट न्याय गर्ने नै छ। -ज-जसले जित्नुहुछ उहाँले गुट, झुंड अनि दलीय राजनीति भन्दा माथी उठेर देखाउनु होला म त्यस्को व्यग्र प्रतीक्षामा छु । अझ आफ्नो बिरोध गर्नेहरूलाई पनि साथ लिएर हिड्नुहोला , समाज जुटाउने जिम्मेवारी तपाईंको काँध्मा छ।जुन दिन एनआरएनए फ्रान्सले दलका झण्डाहरुको चाकरी छोडेर देशको झण्डा मुनीका हरेक तह अनि बिचारलाई समाबेश गरेर यौटा साझा समूह निर्माण गर्ने छ, सबैको समाबेशी संस्था बनाउने छ त्यो दिने मैले पहिलो पल्ट एनआरएनए को कार्ड लिनेछु।
सगरमाथाको देशका नेपालीहरुको संस्थाले आइफेल टावरको देशमा बसेर बिचार र संस्कारको उचाई लिन सकोस , झिना मसिना स्वार्थ भन्दा माथि उठेर एनआर एन फ्रान्स यो देशमा बस्ने हरेक नेपालीको साझा चौतारी बन्न सकोस। तटस्थ एनआरएन हाम्रो चाहना जय नेपाल