एनआरएन फ्रान्सकी महिला प्रतिनिधिद्वारा महासचिवले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाउदै केन्द्रमा उजुरी

0

गैर आवासीय नेपाली संघ एनआरएनए फ्रान्सकी महिला प्रतिनिधि मिली कोइरालाले आज एक निवेदन जारी गर्दै एनआरएन फ्रान्सका महासचिवले जारी गरेको बिज्ञप्तिमा आफ्नो नाम/पद उल्लेख गरेर २ बर्ष पुरानो घटनाको विषयलाइ लिएर चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छिन। उनले यस बारेमा केन्द्रमा उजुरी समेत गरेकी छिन्।

कोइरालाले २ बर्ष अगाडी कुनै व्यक्तिले “मद्यपान सेवन” गरि आफुलाई “अपशब्द” बोलेको बिषयमा त्यतिबेलानै “कार्यसमितिमा जानकारी गराउदा कुनै सुनुवाई नभएको” र अहिले बिज्ञप्तिमा त्यो व्यक्तिको मान्छे संग आफ्नो नाम/पद जोडेर “चरित्र हत्या” गर्न खोजेको र कार्यसमितिमा छलफल नै नगरी राती २ बजे  विज्ञप्ति निकालिएकोमा आपत्ति जनाएकी छिन।

केन्द्रीय अध्यक्ष कुमार पन्त, केन्द्रीय महासचिव डा. हेमराज शर्मा , केन्द्रीय महिला प्रतिनिधि भोमा लिम्बु, केन्द्रीय महिला उपाध्यक्ष रविना थापा, युरोपियन संयोजक नारायण आचार्य तथा युरोपियन महिला संयोजक योगिता थापा समक्ष निवेदन गर्दै एनआरएनए फ्रान्सकि महिला प्रतिनिधि मिली कोइरालाले समितिकै सदस्य माथि “अपशब्द” प्रयोग गर्दै बोलेको भनि जानकारी दिदा पनि  कार्यसमितिले २ बर्ष सम्म कुनै “सुनुवाइ” नगरेको आरोप लगाएकी छिन। साथै उनले अहिले सदस्यता प्रमाणित गर्ने विषयमा विवाद आएपछि मात्र विरोधीहरुलाइ दवाउन घटनाको प्रयोग गरिएको र सो विज्ञप्तिको विषयमा आफु संग सल्लाह नगरिएको उल्लेख गरेकी छिन।

उनले यस विषयमा छानविन गर्न केन्द्रिय पदाधिकारीहरु समक्ष निवेदन मार्फत आग्रह गरेकी छिन। “महिला लाई बदनाम गराएर उसको इज्जत माथि जथाभावि औला उठाउने अधिकार के हजुर हरु को विधान मा छ?” भन्ने प्रश्न गर्दै उनले “चाँडो छानबिन होस् साथै कारबाही पनि गरियोस्” भन्दै एनआरएन फ्रान्सको विरुद्व केन्द्रमा उजुरी दिएको बताएकी छिन।

एनआरएनए फ्रान्सले जारी गरेको विवादित विज्ञप्ति (अध्यक्ष र महासचिवको हस्ताक्षर रहेको विज्ञप्ति) बारेमा पेरिसनेपाल डट कम मा प्रकाशित समाचार :

एनआरएनए फ्रान्स उत्रियो फेसबुक कमेन्ट विरुद्व, प्रश्न गर्नेलाइ उल्टै आरोप लगाउदै विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here