दिउसो सर्वोच्चले रोक्न सक्ने भएकोले बिहानै संवैधानिक निकायमा नियुक्ति

sf7df8f}F, @! df3M gjlgo'Qm cfo'QmnfO{ kb tyf uf]kgLotfsf] zky /fi6«klt ljBfb]jL e08f/L, k|wfgdGqL s]kL zdf{ cf]nL / /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gfsf] pkl:yltdf /fi6«klt ejg zLtn lgjf;df a'waf/ ;/sf/n] ljleGg cfof]udf lgo'Qm u/]sf gjlgo'Qm cfo'QmnfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} k|wfgGofofwLz rf]n]Gb| zDz]/ /f0ff . tl:a/ M k|bLk/fh jGt÷/f;;

संघीय प्रतिनिधि सभाका सभामुख र प्रमुख प्रतिपक्ष दलका नेताको असहमति विच अध्यदेश जारी गर्दै कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा ५ जना प्रमुख आयुक्त/अध्यक्ष तथा २७ जना आयुक्त/सदस्य नियुक्त गरेकी हुन् । उनीहरुले बुधबार बिहानै शपथ लिएका छन् । कानुनी विवादका कारण सर्वोच्चमा छलफल हुन नपाउदै बिहानै रास्ट्रपतिले नियुक्त पदाधिकारीहरु लाइ सपथ ग्रहण गराएकी छन।

प्रतिनिधि सभानै विघटन गरिएको अवस्थामा संसदीय सुनुवाई समितिमा सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए । सिफारिसको ४५ दिनसम्म संसदीय सुनुवाई समितिले निर्णय दिन नसकेको भन्दै नियुक्तिलाइ स्वतः अनुमोदन गरिएको छ। संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको बताएका छन्। साथै उनले अहिलेको नियुक्ति सर्वोच्चलाई बोझ बनाउने काम मात्रै भन्दै आलोचना गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here