फ्रेन्चहरु माझ लोकप्रिय हुँदै नेपाली म:म, पेरिसमा खुल्यो नेपालकै झल्को दिने म:म हाउस

फ्रान्सको राजधानी पेरिसमा नेपाली ढाँचाको म:म हाउस खुलेको छ। नेपालको नुवाकोट स्थायी घर भइ लामो समय देखि पेरिसमा बस्दै आउनु भएका व्यवसायी शिवराम भण्डारीले संचालन गर्नु भएको उक्त म:म हाउस पर्यटकीय नगरी पेरिसको मध्य भागमा पर्ने चर्चित सिनेमा हल “घ्रं रेक्स” को अगाडी रहेको छ।

पेरिसमा करिब १ दर्जन नेपाली रेस्टुरेन्टहरु रहेका छन तर यो रेस्टुरेन्ट फ्रान्सकै पहिलो म:म: हाउस बन्न पुगेको छ। भण्डारी दम्पतिले बिभिन्न स्वादका म:म बिक्रि गर्ने उदेश्यले नयाँ ब्यबसाय संचालन गर्नु भएको हो। एकपटक नेपाल पुगेका वा कतै स्वाद लिएका फ्रेन्चहरुले नेपाली म:म भनेपछि हुरुक्कै गर्ने गर्दछन। खाना र खाजाको दुवैको रुपमा खाइने छिटो छरितो र स्वादिस्ट नेपाली म:म बिश्व भरिनै फैलिरहेको छ।

भण्डारीले विगत धेरै बर्ष देखि यो व्यवसायको योजना बनाएको भएता पनि ब्यस्तताका विच अर्को रेस्टुरेन्ट फ्रेन्च ख्रेपेरी (Crêperie) लाइ ब्यबस्थित गरेर अहिले यो रेस्टुरेन्ट उद्घाटन गर्न पाउदा निकै उत्साहित भएको बताउनु भएको छ। फ्रेन्चहरुमा नेपाली म:म: प्रतिको आकर्षण देखेर नै व्यवसायी सुरु गरेको र कोरोना महामारीको कारण लगाइएको आंसिक बन्दाबन्दि हटेपछि तीव्र गतिमा व्यवसाय चल्ने विश्वास लिएको बताउनु भएको छ। भण्डारीको नेपाली म:म हाउस पेरिस २ स्थित अत्यन्तै ब्यस्त ब्यापारिक क्षेत्रमा रहेको छ। उहाँले कोराना महामारीको कहरमा व्यवसाय धरासायी भएतापनि नेपाली स्वादको मःम बिस्तारको लागि प्रतिकुल समयको पनि सामना गर्दै साहसका साथ राजधानी पेरिसमा खोलिएको नेपालीको पहिलो मःम रेस्टुरेन्टले सफलता प्राप्त गर्नेमा आसावादी भएको बताउनु भयो ।

भण्डारीका दुइ रेस्टुरेन्टहरु ‘नेपाली म:म सेन्टर’ र ‘फ्रेन्च ख्रेपेरी’ (Crêperie) नजिकै रहेकोले उहाँका नियमित तथा स्थानीय ग्राहकहरुले म:म: को नौलो स्वाद लिन पाउदा अत्यन्तै खुसि हुने गरेको उहाँले बताउनु भयो।

नेपाली म:म हाउस पेरिस २ स्थित Metro ८ र ९ Bonne Nouvelle स्टेसन नजिकै 46 rue Poissonniere मा रहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here