नेपाली सांस्कृतिक गृह Maison Culture du Népal ले तिज कार्यक्रम गर्ने

फ्रान्स स्थित नेपाली सांस्कृतिक गृह (Maison Culture du Népal ) ले  धेरै अगाडी देखि तिजको कार्यक्रम गर्ने घोषणा गरे पनि कार्यक्रम गर्ने स्थान र समय आज मात्र सार्वजनिक गरेको छ । यस संस्थाले बिगत १४ बर्ष देखी पेरिसमा तिजको कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष सेप्टेम्बर ९ तारिख आइतबारका दिन Parc de la Butte-du-Chapeau-Rouge (१९ पेरिस मा) मा दिउसो १ बजे बाट “दर खाने पिक निक” कार्यक्रम गर्ने भनिएको छ । फ्रेन्चहरु माझ पनि राम्रै चिरपरिचित नेपाली सांस्कृतिक गृह, नेपाली संस्कृति चिनाउन र पर्यटक प्रवर्धनको क्षेत्रमा राम्रै भूमिका खेल्दै आएको छ । तिज कार्यक्रमबारे थप जानकारी संस्थाको फेसबुक पेजमा रखिएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here