फ्रान्सको परिसमा नेपाली फेसन शो

फ्रान्सको पेरिसमा नेपाली पहिरन प्रदर्शन हुने भएको छ । फेशन डिजाइनर तथा चलचित्र निर्माता पुनम क्षेत्री गौतमले आफुले तयार गरेका बिभिन्न फेसन ‘क्याटवाक पेरिस रिभोल्युसन’ नामक कार्यक्रम मार्फत प्रस्तुत गर्न लागेकी हुन् ।

यस अगाडि बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकका नेपाली पहिरन प्रस्तुत गरेकी पुनमको फान्स शो पहिलो हो । उनले आफ्ना डिजाइन १२ अन्तर्राष्ट्रिय मोडल सहित पेरिस शहरमा प्रस्तुत गर्न लागेकी हुन् । एसएम ग्लोबलले सेप्टेम्बर १२ मा आयोजना हुने शोमा  प्रस्तुत हुने पहिरन उनले पश्चिम पहिरनमा नेपाली पहिरनको फ्युजन गराएकी छन् ।

एसएम ग्लोबलले आयोजना गर्न लागेको फेशन शो आगामी सेप्टेम्बर १२ बाट शुरु भई दुई दिनसम्म चल्नेछ । पुनम सेप्टेम्बर १० मा पेरिस जाँदैछिन् । यो शोमा पुनमले नेपालको एक्लो प्रतिनिधित्व गरेकी छन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here