कांग्रस बैठकमै चर्काचर्की, निष्कर्ष: मेलमिलाप दिवस मनाउने

तस्विर : नेपालप्रेस

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम पछि के गर्ने भन्ने बिषयमा केन्द्रित रहेर बसेको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक मूल मुद्वामा अनिर्णित भएर सम्पन्न भएको छ।

सभापति शेरबहादुर देउवाले नेकपाको विवादमा निर्वाचन आयोग र अदालतले गर्ने फैसला अनुसार आन्दोलनको रणनीति बनाइने बताए। सभापतिको कुरालाइ खण्डन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन असंवैधानिक भएको ठहर पार्टीले गरिसकेकोले अदालत र निर्वाचन आयोगको निर्णयको प्रतिक्षा नगरी तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने बताए । दुवै तर्फको प्रस्ताव अपसमा बाझिएपछि कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच चर्काचर्की परेको एक केन्द्रीय सदस्यले बताए ।

भोलि विहिवार बस्ने बैठकले आन्दोलनका कार्यक्रम बारे निर्णय लिने सहमति गर्दै पुष १६ मा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने निर्णय गर्दै आजको बैठक सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here