प्रचण्ड : एक व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी कार्यले एकतामा असर पर्दैन

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज एक बिज्ञप्ति मार्फत कोही एक व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी कार्यले एकतामा असर नपुग्ने बताएका छन्।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छाचारी भन्दै हिजोको स्थायी कमिटी बैठकले त्यसलाई पूर्णरुपले अस्वीकार गर्ने र कारवाहीको लागि केन्द्रिय कमिटिमा सिफारिस गर्ने निर्णय गरेको उनले विज्ञप्तिमा जनाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरूले प्रतिनिधि सभा विघटनबारे संविधानविद् तथा कानुन व्यवसायीहरूसँग परामर्श थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here