फ्रान्सका राष्ट्रपति माक्रोंलाई कोरोना संक्रमण, प्रधानमन्त्री जँ कास्तेक्स पनि आइसोलेसनमा

फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोंलाइ कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन् तर कार्यालयका कामलाइ निरन्तरता दिने एलिजे प्यालेस निकट श्रोत उल्लेख गर्दै पत्रिका ल मोन्दले जानकारी दिएको छ। फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । फ्रान्समा बुधबार एकैदिन १७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको थियो। सोही अवधिमा त्यहाँ कोरोनाले २८९ को मृत्यु भएको थियो। कोरोना रोकथामको लागी अहिले बेलुका ८ बजे बिहान ६ बजे सम्म पछि देशब्यापी कर्फ्यु लगाइएको छ।

राष्ट्रपति माक्रोंलाई कोरोना संक्रमण भएसंगै उनिसंगै धेरै पटक भेटघाट गरेका प्रधानमन्त्री जँ कास्तेक्स र वुधवार राष्ट्रपति माक्रों संग संगै लन्च गरेका पोर्चुगलका प्रधानमन्त्री अन्तोनियो कोस्ता समेत आइसोलेसनमा बस्नु पर्ने भएको छ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here