
केहि साता अघि मात्र घटस्थापनाको शुभमुर्हत पारेर सुरु गरिएको इशारा वेब सिरिजको छायांकन रोकिएको छ।
फ्रान्स सरकारले देशव्यापी लकडाउन गरेको कारण छायांकन रोकिएको र प्रसारण मितिमा समेत हेरफेर हुने निर्माता जीवन थापा मगरले जानकारी दिदै १० प्रतिशत काम अझै बाँकी भएकोले लकडाउन खुलेको एक सातामा वेब सिरिज रिलिज गर्ने उदेश्य रहेको बताएका छन्।
आभाष आचार्यको निर्देशन रहने यो सिरिज ४ भागको रहनेछ, थापा मगर नै मुख्य भूमिकामा रहने यस सिरिजमा लव स्टोरी, हास्यरस तथा सामाजिक जनचेतना समेटिएको बताइएको छ।