फाइजरले निकालेको कोभिड-१९ पहिलो खोप ९० प्रतिशत भन्दा बढी प्रभाकारी

सन् २०१९ को अन्त्य देखि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप आविस्कारमा धेरै मुलुक र कम्पनीहरु लागि परिरहेका छन् ।

यसै प्रतिस्पर्धा अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले संयुक्त रुपमा कोरोना खोप विकासका लागि महिनौदेखि सक्रिय छन् । आज यी दुइ कम्पनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले विकास गरिरहेको खोपको परिक्षण सम्बन्धी नतिजाका बारेमा जानकारी दिएका छन् । उक्त खोप कोरोना संक्रमितहरुमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको उनीहरुको दाबी छ । नयाँ खोपले मानव स्वास्थ्यमा कुनै पनि नकारात्मक प्रभाव नपार्ने दाबी गरिएको छ । ४३ हजार भन्दा बढी मानिसहरुलाई संलग्न गराइएको तेस्रो चरणको खोप कार्यक्रममा यो तथ्य देखिएको हो।

अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै खोपको सफलता पुर्वक परिक्षण भएको र नतिजाले खुसी भएको बताएका छन्। सोमवार विश्वभर यो खबरले नयाँ तरंग ल्याएको छ। खोपको विकास संगै २०२० को अन्त्य बाट नयाँ आशा र सपनाको सुरुवात हुने विश्वास गरिएको छ।

यो खोप तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरी ६ मुलुकका ४३ हजार ५ सय जनामा गरिएको  परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको अनुसन्धानमा उल्लेख छ ।

फाइजरका अनुसार यो वर्षको अन्त्य सम्म ५ करोड डोज उत्पादन हुन सक्छ । फाइजरकी उपाध्यक्ष तथा खोप अनुसन्धान तथा विकास प्रमुख क्याथरिन जेन्सेनले न्यु योर्क टाइम्समा भनिन “यो ऐतिहासिक क्षण हो”, “यहाँ  विनाशकारी अवस्था थियो, महामारी थियो र हामीले एउटा यस्तो मार्ग र लक्ष्य हासिल गरेका छौँ जुन कसैले हासिल गर्न सकेको छैन – एक वर्ष भित्र खोप सबैले पाउनेछन”

(नोट: यसअघि यो समाचारमा भ्याक्सिन निर्माता कम्पनीको नाम फाइजर हुनुपर्नेमा अन्यथा पर्न गएकाले पाठकवर्गमा हुन पुगेको सन्देहप्रति क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here