फ्रान्समा एकैदिनमा ५८ हजार थप संक्रमित, अहिले सम्मकै उच्च

फ्रान्समा एकैदिनमा करिब ५८ हजार संक्रमित थपिएका छन् यो संख्या महामारीयताकै सबैभन्दा बढी हो। यो संगै कुल संक्रमितको संख्या १६ लाख नागेको छ। परिक्षण गरिएका मध्य २० प्रतिशतको नतिजा पोजिटिभ आएको छ। यसअघि २ नोभेम्बरमा एकैदिनमा ५२ हजार ५ सय संक्रमितहरु थपिएका थिए।

फ्रान्सका स्वास्थ्य मन्त्री जेरोम सालोमोनले विहिवार साँझ दिएको तथ्यांक अनुसार गत २४ घण्टामा कोभिड-१९ को कारणले ३६३ जनाको ज्यान गएको छ। यो संगै कोभिड १९ को कारणले मृत्युहुने को कुल संख्या ३९ हजार ३७ पुगेको छ। गत २४ घण्टामा मात्रै ४४७ जना आइसीयुमा भर्ना भएको र यहि दरमा संक्रमितको संख्या बढ्दै जाँदा १५ नोभेम्बर सम्म आइसीयुमा भर्ना हुनेको संख्या ७ हजार पुग्ने बताउदै मन्त्री सालोमोनले लकडाउनलाइ अझै कडा बनाउनु पर्ने बताए। यदि लकडाउन नगारिएको भए १५ नोभेम्बर सम्म आइसीयुमा भर्ना हुनेको संख्या ९ हजार पुग्ने बताउदै उनले सरकारले लकडाउन गर्ने निर्णय समय सापेक्ष भएको दावी गरे।

पेरिस वरिपरिका अस्पतालमा बेडको अभाव हुन सुरु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here