फ्रान्सका रास्ट्रपति एमानुएल माक्रों द्वारा दोस्रो देशव्यापी लकडाउन घोषणा

फ्रान्समा दोस्रो लकडाउन - ParisNepal
फ्रान्समा दोस्रो लकडाउन - ParisNepal

फ्रान्सका रास्ट्रपती एमानुएल माक्रोंले वुधवार साँझ कोभिड-१९ रोकथाम गर्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छन्। शुक्रवार बाट लागु हुने दोस्रो बन्दाबन्दी पहिलाको भन्दा अलिकती खुकुलो हुने र यसले विरामीको चापले भरिएका अस्पतालहरुलाइ केहि राहत दिने तथा सिकिस्त विरामीहरुको उपचार गर्न समय दिने विश्वास गरिएको छ।

फ्रान्समा केहिदिन देखि संक्रमितको संख्या प्रतिदिन ४० हजार भन्दा माथि २४ घण्टामा ५२ हजार संक्रमित सम्मको रेकर्ड गरिएको थियो। गत २ दिनमा मात्रै करिब ८० हजार संक्रमित थपिएका थिए। पेरिसका अस्पतालमा नब्बे प्रतिशत आइसियू शैय्याहरु भरिएका छन् । परिक्षण गर्ने मध्य १७ प्रतिशतको नतिजा पोजिटिभ देखिएको छ । यो गतिमा भाइरस फैलिदा नोभेम्बर १५ सम्म आइसीयुमा हुने बिरामीहरुको संख्या ९००० पुग्ने अनुमान गरिएको छ। दैनिक मृत्युहुनेको संख्यामा पनि दैनिक ५० प्रतिशतले बृद्वी हुन थालेपछि सरकारले कठोर निर्णय लिएको रास्ट्रपति माक्रोंले बताएका छन्। नयाँ प्रतिबन्धको कारणले काममा जान नसक्नेको लागि सरकारले सत् प्रतिशत तलब (आंसिक वेरोजगारी भत्ता) ग्यारेन्टी गर्ने बताएको छ।

अहिले लागु गरिने लकडाउनमा विधालय, डे केयर सेन्टर, सरकारी कार्यालयहरु र खाद्यान्न पसलहरु खुल्ला रहने छन भने बार, रेस्टुरेन्ट अन्य पसलहरु बन्द रहने छन। घरबाट बाहिर जान सरकारले जारी गरेको फारम भरेर देखाउनु पर्ने हुनेछ। लकडाउनको अवधिमा एक क्षेत्र(रेजिओं) बाट अर्कोमा जान पाइने छैन।

रास्ट्रपति माक्रोंले २ साता अगाडीनै फ्रान्सका ९ ओटा शहरमा रातको समयमा कर्फ्यु लगाउने घोषणा गरेका थिए, केहि दिन पछि फ्रान्सका प्रधानमन्त्रि जँ कास्तेक्सले ५४ ओटा शहरमा त्यस प्रकारको कर्फ्यु घोषणा गरेका थिए।  तर यी प्रतिबंधान्त्मक उपायहरु खासै प्रभावकारी हुन नसकेपछि थप कडाइ गरिएको हो। लकडाउनको अवधि १ महिनाको हुनेछ।

सरकारी तथ्यांक अनुसार फ्रान्समा हालसम्म १२ लाख भन्दा बढीलाइ कोरोनाभाइरसको संक्रमण देखिएको छ भने करिब ३५ हजार ७ सयको मृत्यु भइसकेको छ । त्यस्तै वुधवार मध्यान्न सम्म करिब ३ हजार आइसीयुमा भर्ना भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here