फ्रान्स : भिसा र अन्य कागजी समस्याहरुको बारेमा वकिल संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

एकता समाज फ्रान्स

नेपाली एकता समाज फ्रान्सले यहि १८ जुलाई शनिवार नेपालीहरूको अध्यागमन सम्बन्धी समस्याहरुलाई मध्यनजरमा गर्दै अधिकांश नेपालीहरूका मुद्दा हेर्ने वरिष्ठ वकिल संग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा उलेख्यरुपमा बिधार्थीहरु आफ्ना कागजी समस्याहरु लिएर आएका थिए त्यस्तै स्थायी कार्डको निवेदन दिएका तर प्रेफेक्चुर (प्रशासन कार्यालय) बाट अस्वीकृत भएकाहरु आफ्ना कागजपत्र सहित उपस्थित भएका थिए। वकिलले एक पछि अर्को गर्दै समस्याको हल गर्न सकिने तरिका र फ्रान्सको विधानमा भएका प्रावधानहरुका बारेमा संछिप्तमा जानकारी दिनु भएको थियो। करिब ५० जना उपस्थित रहेको कार्यक्रममा आफ्ना कागजी समस्याहरु लिएर आउने धेरैलाइ प्रत्यक्ष परामर्श दिइ सहयोग गर्न सकेकोमा सँस्थाका अध्यक्ष प्रमोद पाण्डेले खुसी व्यक्त गर्दै काय्रक्रम फलदायी भएको बताउनु भयो।

वकिलले बिभिन्न विषयमा, जस्तै, नगरिकाता सम्बन्धि प्रावधानको बारेमा, लकडाउनको बेलामा १५ मार्च देखि १६ जुन सम्म नवीकरण गर्नुपर्ने लामो र छोटो समय का भिसा स्वत: नवीकरण हुने नहुने बारेमा, अन्य केहि युरोपियन देशले हालै गरेको जस्तो अवैध रुपमा बसेबास गर्नेलाई बस्ने अनुमति दिने ब्यबस्था फ्रान्समा हालसम्म नभएको बारेमा, बिद्यार्थीहरुको एपीस भिसा र त्यस सम्बन्धी रहेका जटिलता आदिका बारेमा जानकारी दिनु भएको थियो।

बिद्यार्थीहरुको शैक्षिक बर्षको अन्त्यसंगै भिसा नवीकरण गर्नुपर्ने धेरैको भिसा कोरोना महामारीको कारणले नवीकरण हुन नसकेका कारण बिभिन्न प्रकारका समस्याहरु उत्पन्न भएका छन्। विशेष गरी फ्रेन्च भाषा नबोल्ने बिद्यार्थीहरुलाइ प्रेफेक्चुरमा आफ्ना समस्याहरु राख्न कठिन हुने र प्रेफेक्चुरले पनि समस्या नबुझी फर्काइदिने हुदाँ धेरैलाइ अहिले भिसा रिन्यु गर्न, स्थायी बसोबास अनुमती पत्र लिन कठिन भैरहेको धेरैको गुनासो रहेको थियो। कार्यक्रममा उपस्थितहरुले आफ्ना समस्याहरु राख्न पाएकोमा खुसि व्यक्त गर्नुका साथै सामाजिक सञ्जालमार्फत कार्यक्रम हेर्नेहरुले कार्यक्रम समय सान्दर्भिक र जानकारीमुलक भएको र यसलाई आगामी दिनहरुमा यसलाई निरन्तरता दिन आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here