टिकटक बन्द गरेपछि भारतले निकाल्यो टिकटक जस्तै अर्को एप, अमेरिकामा पनि प्रतिबन्ध हुन सक्ने

भारत र चीन बीच सिमा विवाद लगत्तै टिकटक लगायत ५९ वटा चिनियाँ एपमाथि भारतले प्रतिबन्ध लगाएको छ। चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुको उदेश्य राजनीतिक मात्र नभई आर्थिक पनि रहेको छ। भारतमा टिकटकका करिब ११ करोड प्रयोगकर्ता थिए । टिकटक बन्द भएको केहि समय पछि भारतमा नै बनेको टिकटक जस्तै अर्को एप “रोबोसो” युवाहरु माझ लोकप्रिय बन्दै गैरहेको छ। भारतमा एक घण्टामै ५ लाखको संख्यामा रोबोसो एप डाउनलोड भैरहेको एक तथ्यांकले देखाएको छ। भारतमा टिकटकमाथि प्रतिबन्ध लाग्दा मूख्य कम्पनी बाइटडान्सलाई ६ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लागेको अनुमान गरिएको छ ।

चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भारतको निर्णयलाइ अमेरिकाले समेत प्रशंसा गरेको छ । अमेरिकाले केहि दिन भित्रै टिकटकलाइ पूर्णरुपमा प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ। टिकटक लगायत केहि एप चिनियाँ कम्युनिष्ट पार्टीको जासूसी अंगको रुपमा रहेको अमेरिकाले आरोप लगाउदै आइरहेको छ। रिपब्लिकन पार्टीका सिनेटरहरु एप बन्द गराउन लागिपरेका छन। अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । यसअघिनै अमेरिकाको सैन्य सेवामा कार्यरतहरुलाइ टिकटक प्रयोग गर्न निषेध गरिएको छ। टिकटकले भने प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई दिएको भन्ने आरोपको खण्डन गरेको छ । हालै वालवालिकाहरुको व्यक्तिगत डाटा सम्बन्धि नियमावली पालना नगरेको भन्दै दक्षिण कोरियाले टिकटकलाइ पौने २ करोड जरिवाना गरेको छ।

टिकटकका सबै भन्दा धेरै प्रयोग कर्ता भारत पछि अमेरिका, ब्राजिल र मेक्सिकोमा रहेका छन। धेरै प्रयोगकर्ता भएका एपहरुको सुचीमा टिकटकका सातौ स्थानमा उक्लिएको थियो। अर्को चिनियाँ एप वि च्याट पनि ५ औं स्थानमा आएको छ। भारत र अन्य देशहरुले लगाउने प्रतिबन्ध पछि चिनियाँ एपहरु प्रतिस्पर्धा बाट बाहिरिने अनुमान गरिएको छ।

टिकटक बन्द गरिएपनी यस एप संग प्रतिस्पर्धा गर्दै बनेका एपहरुले राम्रो बजार पाउने बताइएको छ। फेसबुकले आफ्नो अर्को लोकप्रिय एप इन्स्टाग्राम मार्फत ल्याएको “रिल्स” र गुगलले टिकटक संग प्रतिस्पर्धा गर्न बनाएको एप “टांगी” छोटो समयमानै चर्चाको शिखरमा पुग्ने विश्वास गरिएको छ। टिकटकले भने अरबौ डलरको क्षति बेहोर्दै अमेरिका र युरोपमा समेत कानुनी झमेलामा फस्नसक्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here