फ्रान्स र पोर्चुगलबाट स्वदेश फर्किन चाहने नेपालीहरुलाइ दुतावासले उद्वार गर्दै

फ्रान्स नेपाल चार्टर उडान

कोरोना महामारीका कारण फ्रान्स र पोर्चुगलमा अलपत्र परेका नेपालीहरुलाइ ट्रान्जिट फ्लाइटमा भएपनि स्‍वदेश फर्काउन नेपाली दुतावास पेरिसले सक्रियता देखाएको छ। फ्रान्सबाट करिब २० जना र पोर्चुगलबाट करिब ३५ जना नेपालीहरुले स्वदेश फर्कनको लागि नेपाली राजदुतावास पेरिसलाइ सम्पर्क गरेका थिए ।

नेपाल सरकारले विदेशबाट तत्काल स्वदेश ल्याउनको लागि तोकेको प्राथमिकताकालाइ आधार मान्दै नेपालीहरुलाइ फिर्ता गर्न लागिएको दुतावासका नियोग उप प्रमुख खड्ग प्रसाद दाहालले जानकारी दिनुभएको छ । त्यसैक्रममा सोमवार २९ जुनका दिन पहिलो चरणमा स्वेदेश फिर्ता हुने ५ जना नेपालीहरुलाइ दुतावासका कर्मचारीहरुकै उपस्तिथीमा विदाई गरिएको थियो। पोर्चुगलबाट पनि छिट्टै उद्वारको लागि पहल गरिने दाहालले जानकारी दिनु भएको छ।

सोमवार पेरिस बाट कतार सम्म नियमित उडान र दोहा बाट काठमान्डौ सम्म चार्टर गरिएको उडानको समय मिलाएर उनीहरुको यात्राको व्यवस्था गरिएको थियो। बेलायत र साइप्रस बाहेक युरोपका अन्य देशबाट सिधै चार्टर फ्लाइटको व्यवस्था नभएकोले अन्य देशका नेपालीहरुलाइ स्वदेश फर्किन निकै अप्ठ्यारो भैरहेको अवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here