प्रवासी नेपाली मंच फ़्रान्स र जनप्रगतिशील मंच फ़्रान्सको सयुक्त कार्यक्रम चाडै एकता हुने

पेरिस, फ्रान्स, प्रवासी नेपाली मंच फ़्रान्स र जनप्रगतिशील मंच फ़्रान्सको सयुक्त आयोजनामा यहि २६ अगस्ट २०१८ का दिन पेरिस नजिकै एक परिचयत्मक भेटघाट तथा बाबिक्यु (BBQ) कार्यक्रम सम्पन्न भएको छ । फ़्रान्सबासी सम्पूर्ण लोकतान्त्रिक वामपंथी हरुलाई निमन्त्रणा गरिएको उक्त कार्यक्रममा स्वतफूर्त रुपमा नेपालीहरुको सहभागिता रहेको थियो । आयोजक समुहले छिटैनै एक कार्यक्रम मार्फत प्रवासी नेपाली मंच फ़्रान्स र जनप्रगतिशील मंच फ़्रान्सको एकता गर्दै प्रवासी जनप्रगतिशील मंच गठन गर्ने अठोट गरेको बताएको छ । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको जनाइएको छ। फ्रान्समा एमाले निकट प्रवासी नेपाली मंच फ़्रान्स र कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पहिले नै आधिकारिक रुपमा गठन भैसकेका छन् भने जनप्रगतिशील मंच अहिलेसम्म संघठनात्मक रुपमा गठन भएको थिएन । प्रवासी नेपाली मंच फ़्रान्सका अध्यक्ष भक्त वाग्लेले सहभागीहरुलाई धन्यबाद दिदै, कार्यक्रमको उद्देस्यको बारेमा जानकारी दिएका थिए । जनप्रगतिशील मंच फ़्रान्सका प्रतिनिधि हरि सापकोटाले प्रजातांत्रिक वामपन्थीको बहुमत सरकार भएको बेलामा देशको बिकाश गर्न आगाड़ी बढ़ी रहेको सन्दर्भमा सबैले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।

 

   

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here