संयुक्त सहयोग समिति फ्रान्सको राहत कार्यक्रम अन्तिम चरणमा, करिब ८५ जनालाइ आर्थिक सहयोग

विश्वकै जनजिवन आक्रान्त पार्ने गरि फैलिएको कोरोना भाइरस (कोविड-१९) ले पार्ने मानवीय क्षति न्यूनीकरण गर्न फ्रान्स सरकारले १६ मार्च देखि देशलाइ लकडाउन गरेको छ। यस कठिन परिस्तिथि फ्रान्समा बस्ने नेपाली जनसमुदाय पनि प्रभावित भएकोले आर्थिक समस्यामा रहेका नेपालीहरुलाइ सहयोग गर्ने उदेश्यले फ्रान्सका १२ ओटा नेपाली संघ संस्थाहरु सम्मिलित “कोभिड १९ संयुक्त सहयोग समिति” गठन गरिएको थियो।

फ्रान्समा रहने नेपाली बिद्यार्थी, कागजी प्रक्रियामा रहेका, काम नहुने र सरकारी सहयोग नपाउने नेपालीहरुको समस्या सम्बोधन गर्न बनेको उक्त समितिले शनिवार एक सुचना मार्फत सहयोग अभियानको अन्तिम चरणमा आइपुगेको जानकारी दिएको छ।

नेपाली राजदुतावास पेरिस संरक्षक रहने गरि गठित उक्त समितिमा गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्स, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली एकता मंच, तमु समाज फ्रान्स, नेपाली संस्कृतिक गृह, इनास फ्रान्स, पाकोफेन नेपाल, म्याग्दी समाज ( मोना फ्रान्स ), तामांग घेदुङ्ग फ्रान्स, नेपाली रक्तदाता संघ फ्रान्स, गोर्खा बोइज फ्रान्स र एभेरेष्ट नेपाल एसोसिएसन को सहकार्य रहेको छ।

यस सहयोग अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको थियो। राहत कार्यक्रम सुरु गर्न अगाडी समस्यामा रहेका नेपालीहरुको तथ्यांक संकलन गरिएको थियो। त्यसपश्चात समस्यामा रहेकाहरुको आवस्यकता (खाध्यान्न वा घर भाडाको निम्ति आर्थिक सहयोग) को पहिचान गर्ने गरि निजलाइ सम्पर्कहरु गर्ने र राहत प्रदान गर्ने व्यवस्था मिलाइएको थियो। संघ सँस्थाहरुको यो संयुक्त अभियान लाइ साथ दिदैं केहि दाताहरुले आर्थिक सहयोग गरेका थिए।

संयुक्त सहयोग समितिले फ्रान्समा रहेका नेपालीहरुलाई कुनै स्वास्थ्य को समस्या भएमा नेपाली चिकित्सक द्वारा निशुल्क स्वास्थ्य परिक्षण गर्न सकिने व्यवस्था मिलाएको छ। Dr . Sherpa Cheten ले भिडियो मार्फत स्वास्थ्य परिक्षण गर्न तयार रहनुभएको जानकारी समितिले एक सुचना मार्फत अवगत गराएको थियो।

समितिले तथ्यांक संकलन गर्दा अधिकांश नेपालीहरुले खाद्यान्न समस्यामा सहयोग पाइसकेको र आर्थिक लगायत अन्य समस्या रहेको बताएपछि केहि मापदण्डका आधारमा आर्थिक सहयोग वितरण गरिएको थियो। त्यस्तै मापदण्ड भित्र नपरेका तर समस्यामा रहेकाहरुलाई पुनः सहयोग लिएर उपस्थित हुने जानकारी दिएको छ।शनिवार जारि सूचना मार्फत समितिले वितरण गर्ने आर्थिक सहयोग सोहि दिन देखि स्थगित गरिएको र खाद्यान्न सहयोग निरन्तर रहने जानाकारी दिइएको थियो।

समितिले राहत वितरण गर्न स्थापना गरेको राहत कोषमा हालसम्म ८ हजार ८ सय ८९ युरो संकलन भएको आर्थिक ब्यबस्थापन उपसमिति तथा एनआरएन फ्रान्सका कोषाध्यक्ष लाल बहादुर सोडारीले पेरिसनेपाल डट कमलाइ जानकारी दिनुभएको छ। राहत वितरणको क्रममा समस्यामा रहेका बिद्यार्थीहरुलाइ ७५ युरो र अन्य कागजी प्रक्रियामा रहेका र सरकारी सहयोग नपाउनेहरुलाइ १०० युरो राहत वितरण गरिएको गरिएको थियो। समितिले अहिले सम्म करिब ८०-८५ जना लाइ आर्थिक सहयोग गरीसकेको बताइएको छ। राहत वितरणको बारेमा पूर्ण आधिकारिक विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here