बेलायतमा कोरोना भाइरसबाट अर्का एक भूतपूर्व गोर्खाको निधन

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लन्डनमा बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको छ ।

लण्डन नजिकै ह्यारोमा अवस्थित नर्थविक पार्क हस्पिटलमा उपचार्थ उनको मंगलवार निधन भएको हो। बेलायतमा यसअघिनै कोरोना भाइरसको कारणले २ जना नेपालीको मृत्यु भैसकेको थियो। गुरुङ तमुधिं लन्डनका वरिष्ठ उपाध्यक्ष समेत थिए। तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ले यसको पुष्टि गर्दै आफ्नै निकटका मिलनसार मानिस मर्दा पनि भेट्न नपाएकोमा दु:ख व्यक्त गरे।

५९ वर्षीय गुरुङको निरन्तर रुघाखोकी, ज्वरो आएपछि ६ दिनजति सेल्फ आइसोलेसनमा बसेर ज्वरो बढेपछी १ अप्रिलमा एम्बुलेन्स बोलाएर अस्पताल पुर्याइएका थिए।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण दुखद निधन भएको थियो।

#हार्दिक_श्रद्वाञ्जलि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here