कोरोना महामारी : “राहत कोषमा” जम्मा गर्न प्रहरीको तलब कटौती गरिने

प्रहरी प्रधान कार्यालयले “कोरोना उपचार राहत कोष”मा रकम जम्मा गर्न प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न स्वास्थ्यकर्मी सँगै सुरक्षाकर्मी पनि फ्रन्ट लाइनमा खटिएका छन् । यस्तो बेला तलब कटौतीको विषयलाई बाध्यकारी बनाउन नहुने धेरैको विश्लेषण रहेको छ। तर प्रहरी कार्यालयका प्रवक्ता तथा बिशिस्ट प्रहरी अधिकृतिहरुले आफुहरुले स्वत:फुर्त रुपमा सरकारलाइ सहयोग गर्न लागेको बताएका छन्। तलब काटिने प्रहरीहरुमा सहायक निरीक्षक (असई) र सो भन्दा माथिल्लो दर्जाका कर्मचारीहरु पर्दछन। यसरि काटिने तलबमा असईको दुई हजार छ सय ५८ रुपैयाँ र धेरैमा आईजीको १४ हजार १ सय ६१ रुपैयाँ राहात कोषमा जनेछ।यसअघि पनि भूकम्पका बेला प्रहरीले सरकारलाइ सहयोग गरेका थिए ।

यस निर्णयलाइ प्रहरीले आफ्नो काम सँगसँगै कर्तव्यबोध पनि गरेको भन्दै कतिले प्रशंसा गरिरहेका छन भने अर्को तर्फ अहिले देशमा शृजित समस्याबाट पार लाग्न नेपाल प्रहरी र स्वास्थ्यकर्मीको अहंम भूमिका रहेको परिस्थितिमा प्रहरीको नै तलबसुबिधा काट्ने निर्णय गरेको भन्दै प्रशासनको चर्को आलोचना गरिएको छ।

यसरी तलब काटिने प्रहरी अधिकृतिहरुको व्यक्तिगत आर्थिक अवस्थालाइ ध्यानमा राख्नु पर्ने र अग्रपंक्तिमा उभिएका प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिनु पर्ने नागरिक समाजका अगुवाहरुको भनाइ रहेको छ। यस निर्णयले प्रहरी प्रशासन भित्र र बाहिर विभाजीत प्रतिक्रियाहरु उब्जाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here