प्रदेशिनु रहर होइन सरकार बाध्यता हो

लेखनाथ सुवेदी
सेतुबाल, पोर्तुगल, युरोप

विश्व कोरोनाको संकटबाट भयभित हुदा प्रबासमा लाखौ लाखौं नेपाली युबाहरु अहिले डरै डरको जीवन बिताइ रहेका छ्न । बुढा भएका बुबाआम, जीवन संगिनि, आफ्नी भनिएकी मायालु, साथीभाइहरु, जन्म भुमि सबैलाई सम्झदै मुटु आमिलो परि भकानिदै परदेशिने रहर कस्को हुन्छ होला र सरकार !

हरियो पासपोर्टमा वैदेशिक यात्राको प्रवेशआज्ञा लिएर पर्देशिएका लाखौं जवान आफ्नो सुनौलो भबिस्यको सपना सजाउदै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट एक्लो यात्रा सुरु गर्छ्न । घर र परिवारको लागि केही गरौला, दुई छाक भएपनी मिठो मसिनो खाउला, एक सरो कपडा भएपनि रामो लाउला, आफ्ना बाबुनानी हरुलाई राम्रो शिक्षा दिउला, नाला बालाको सुनौलो भबिस्य बनाउला, चाड पर्व र खुसियालीमा आफ्ना घर परिवारमा केही थान भएपनि खुसीका पार्सलहरु पठाउला भनेर मिठो सपना बोकिर पर्देशिएका जवानहरु अहिले परदेश मै जीवन सकिने हो कि !

मन ती सुनौला सपनाहरुमा डढेलो पो लाग्ने हो कि ! घर, परिवार र साना ती नाना बचेराहरुका खुसी र सुनौला सपनाहरु माटो मै मिसिने पो हुन कि ! येस्तै येस्तै अनेक पिर र डरै डरको जीवन बिताइ रहेका छ्न ! भोक ठुलो कि रोग ठुलो ? रोजि रोटीको लागि बिदेशीनु रहर थियो या बध्यता ? अहिले लाखौं युबाको मनमा यहि प्रस्न खड्किएको छ ।

आफ्नो ठाउ , आफ्नो माटो, साथिभाई, बुबाआमा, परिवारबाट टाढा रहेर यो परिस्थितिमा अभाबै अभावले भरिएको सपनाको देशमा बस्न कुन प्रदेशिलाई रहर होला र सरकार । सबै सपनाहरु अहिले एकै ठाउँमा कुन्ठित छ्न ! काम गुमेको छ ! दिनरात ब्यस्त देखिने बाटोहरु सुन्सान छ्न ! भिडिभाड देखिने रेस्टुरेन्ट, होटेल, बार र सुपरमार्केट्हरु सबै बन्द छ्न ! समाचार हरुमा देखिइरहने बिश्व आतंक पर्ने गरि मान्छेहरु मरिरहदा, अभाव र संकटका विषय बस्तु समाजिक संजालमा दिनदिनै आईरहदा प्रदेशिका मनहरु पनि आतन्कित भएका छन । ति झिल्ली मिलि शहरहरु सनसाघाट जस्तै शून्य छन । प्रदेशहरुका ती झिल्ली मिलि सुनौला खुसी र सपनाका दियोहरुमा अहिले लोडसेडिङ छाएको छ !

यो बिपतिमा परदेशमा भन्दा आफ्नै देशमा सुरक्षित हुने महसुसले आफ्नो देश फिर्ता हुँदै गर्दा आफ्नो भनिएको देशको सिमामा भोक भोकै आफ्नो जनता फिर्ता ले भन्दै चिचाई रहेका आवाजहरु र जिउको बाजि लगायर महाकाली नदि तर्दै गरेक दृश्यले कुन पर्देशिको मन नछोला , ती दृश्य सजिलै कसरी बिर्सन सकिएला र सरकार ? राज्य संकटमा नागरिकले देश बचाउनु पर्छ । जनता बिपत्तिमा पर्दा देशले नागरिक बचाउनु पर्छ ! परदेशिहरु रेमिट्यान्सका झिल्ला मात्रै होइन ! परिबर्तनका आधार पनि हुन । यस बिपत्तिमा स्वदेश फिर्ता हुन चहाने कोहि पनि नेपाली नागरिकहरुलाई अबरोध नगरियोस ! राज्यले समय र परिस्थिति अनुरुपको ब्यबस्था गरोस् ।

नेपाली हामी रहुला काहा नेपालै नरहे ।
नेपाल देश रहला कहाँ नेपाली नरहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here