फ्रान्समा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १० हजार नाध्यो, थप १४२७ जनाको मृत्यु

फ्रान्समा १ मार्च देखि फैलिन सुरु गरेको कोरोना भाइरस (कोभिड १९) ले हालसम्म १० हजार भन्दा बढीको ज्यान लिएको छ।

सोमवार साँझ फ्रान्सको स्वास्थ्य मन्त्रालयले हालसम्मको विवरण सार्वजनिक गर्दै १० हजार ३ सय २८ जनाको मृत्यु भएको त्यस्तै ७ हजार १ सय ३१ जना आइसीयुमा उपचारार्थ रहेको जनाएको छ । गत २४ घण्टामा अस्पताल र क्लिनिक सहितको वृद्वाश्रम गरी १४२७ जनाको मृत्यु भएको तथ्यांक आएको छ। कोरोना भाइरसको कारणले हालसम्म कम्तिमा पनि ३२३७ जनाको वृद्वाश्रमहरुमा मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको कुल संख्या १ लाख १० हजार नागेको छ। फ्रान्समा हालसम्म करिब २० हजार संक्रमितहरुलाइ पूर्णरुपमा निको भएको छ।

आजै फ्रान्सका रास्ट्रपति एमानुएल माक्रोंले पेरिस नजिकै पन्तां, ला कोर्नाभ लगायतका अति प्रभावित ठाउँहरुमा पुगी त्यहाँका स्थितिबारे जानकारी लिएका थिए। उनले यो हप्तानै देशवासीको नाममा सम्बोधन गर्ने र लकडाउनको अवधि बढ्न सक्ने बताइएको छ।

* गत २४ घण्टामा अस्पतालमा मात्र मृत्यु हुनेको संख्या ६०४ हो, बाँकी वृद्वाश्रममा गत २ दिन देखि मृत्युहुनेहरु को संख्या जोडिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here