पोर्चुगलमा एउटै घरमा बस्ने ८ नेपालीलाइ कोरोना संक्रमण

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ जना नेपालीमा कोरोना संक्रमण देखीएको भएको छ । संक्रमित सबै मार्कस्पोम्बल स्थित एउटै फ्ल्याटमा बस्दै आएको जनाइएको छ ।

उनीहरु मध्य एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा कोरोना लक्षण देखिएको गैह्रआवासीय नेपाली सङ्घ पोर्चुगलका एक सदस्यले जनाएका छन ।सङ्क्रमण पुष्टि भएकालाइ अहिले अस्पतालमा पुर्याइएको छ भने अन्यलाइ घरमै आइसोलेसनमा स्वास्थ्यकर्मीहरुको निगरानीमा रखिएको बताइएको छ।

सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनापनि हाल क्वारेन्टाइनमा रहेका छन् ।

अपडेट : नेपालीहरु भएको उक्त घरमा बिभिन्न सँस्थाका व्यक्तिहरु लगायत मिडियाका साथीहरु सहयोग र स्थलगत रिपोर्टको लागि जाँदै हुनुहुन्छ। 

सकेसम्म घरमै बसौं, आफू जोगिऔं, अरुलाई पनि जोगाऔं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here