नेपाली जनसम्पर्क समिति फ्रान्सद्धारा कोरोनाको कारण समस्यामा परेका नेपालीहरुलाइ सहयोग गर्ने

नेपाली जनसम्पर्क समिति फ्रान्सले कोरोना भाइरसको कारण जनजीवन कठिन भइरहेको भन्दै समस्यामा परेका नेपालीहरुलाइ सहयोग गर्न सुरु गरेको छ ।

यहि २४ मार्चका दिन एक सूचना जारि गर्दै फ्रान्समा रहेका नेपाली बिद्यार्थी, कागजी प्रक्रियामा रहेका, काम नहुने र सरकारी सहयोग नपाउने नेपालीहरुको समस्या बुझ्ने र सहयोग गर्ने सँस्थाले जानकारी दिएको थियो। फ्रान्स सरकारले जारी गरेको नियममा बसेर सुरक्षित रूपमा सहयोगका कार्यहरु सम्पन्न गर्ने बताउदै सँस्थाले राहत कार्यक्रममा सहभागी सवैलाइ धन्यवाद दिदै सहभागी हुन इच्छुक सबैलाइ स्वागत गर्ने बताएको थियो। 

यसै कार्यक्रम अन्तर्गत संस्थाले शनिवार एक सूचना मार्फत २० जना नेपालीहरुलाई खाद्यान्न लगायत अति आवस्यक सामाग्रीहरु सहयोग गरिसकेको जानकारी गराएको छ । साथै सँस्थाले फ्रान्समा समस्या अझै कठिन हुदै गैरहेको हुँदा सबैलाइ सावधानी अपनाउदै सुरक्षित साथ बस्न अनुरोध गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here