बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूमा कोभिड-१९ देखिएको बताएका छन्।

केही अघि ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले पछिल्लो २४ घण्टामा आफूलाई केही लक्षण देखिएको र जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्।

उनी अहिले आफू सेल्फ आइसोलेसनमा रहेको बताउँदै भिडिओ कन्फ्रेन्सबाट सरकार सञ्चालनका काम गर्ने जनाएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here