चीन, इटालीसहित सबै राष्ट्रलाई उछिनेर अमेरिका बन्यो कोरोनाको केन्द्र

सन् २०१९ को अन्तिमतिर चीनमा देखापरेको र झन्डै दुई महिना चीनलाई मात्रै सताएको कोरोनाभाइरस (COVID 19) प्रकोपको केन्द्रविन्दु अब अमेरिका बनेको छ । चीनमा नयाँ संक्रमितको संख्या ह्वात्तै घटेका छन भने युरोपियन मुलुक र अमेरिका चपेटामा पर्दै गइरहेका छन् ।

शुक्रबार बिहानसम्मको तथ्यांकमा संक्रमितहरूको संख्याका हिसाबले अमेरिका पहिलो नम्बरमा छ । हालसम्म अमेरिकामा ८५५९४, चीनमा ८१३४०, इटालीमा ८०५८९, स्पेनमा ५७७८६, जर्मनीमा ४३९३८, इरानमा २९४०६, फ्रान्समा २९१५५, स्विट्जरल्याण्डमा ११८११ र बेलायतमा ११६५८ जना कोरोनाभाइरसका संक्रमित फेला परेका छन् ।

कोरानाबाट ज्यान गुमाउने मृतक संख्याका हिसाबले भने हालसम्म इटाली पहिलो नम्बरमा छ भने स्पेन दोस्रो र चीन तेस्रो नम्बरमा रहेका छन् । इटालीमा ८२१५, स्पेनमा ४३६५, चीनमा ३२९२, इरानमा २२३४, फ्रान्समा १६९६, अमेरिकामा १३००, बेलायतमा ५७८, नेदरल्याण्डमा ४३४, जर्मनीमा २६७, बेल्जियममा २२०, स्विट्जरल्याण्डमा १९२ र दक्षिण कोरियामा १३९ जनाले कोभिड– १९ का कारण ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here