स्पेनमा चारजना नेपाली कोरोना भाईरस बाट संक्रमित

स्पेनमा बस्दै आएका चारजना नेपालीलाइ कोरोना संक्रमण भएको पुस्टि भएको छ।

ति मध्य ३ जनाको विवरण आन्तरिकरुपमा मात्र खुलाईक़ो छ भने एकजना एनआरएन स्पेनका पूर्व महासचिव तथा जनसम्पर्क समिति स्पेनका सल्लाहकार बिष्णु रिजाल भएको जानकारीमा आएको छ ।शुक्रवार जन सम्पर्क समिति स्पेनले बिज्ञप्ति जारि यसको पुस्टि गरेको हो । उनि केहि दिन देखि आइसीयुमा छन्।

बिज्ञप्तिमा संक्रमित व्यक्ति संग केहिदिन यता भेटघाट गर्ने व्यक्तिहरुमा स्वाथ्यको समस्या देखिए परिक्षण गर्न सुझाव दिइएको छ। साथै समितिद्वारा निजहरुको उपचारमा संलग्न चिकित्सक (हस्पिटल) संग नियमित सम्पर्कमा रहेको र उनिहरु को स्वास्थ्यमा क्रमिक सुधार भै रहेको जानकारी गराईएको छ। रिजालको बार्सिलोना स्थित अस्पतालमा उपचार भैरहेको छ। उनको परिवारमा भने कोभिड १९ को कुनै पनि लक्षण नदेखिएको बताइएको छ।

जन सम्पर्क समिती स्पेनले उपचारार्थ सबैको स्वास्थ्यलाभको कामना गर्दै रोग लगेमा लुकाउने र गोप्य राख्ने काम नगर्न अपिल गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here