नेपाली नागरिकहरु विरामी परेमा सहयोग गर्न दुतावास द्वारा फ्रान्स सरकारलाइ पत्राचार

नेपाली राजदुतावास पेरिसले सोमवार फ्रान्सको पररास्ट्र मन्त्रालयमा पत्राचार गरि फ्रान्समा भिसा सकिएका नेपालीहरु बिरामी परेको खण्डमा निशुल्क उपचार गरिदिन अनुरोध गरेको छ। नेपालमा रहेका फ्रेन्च नागरिकहरुलाइ पनि भिसाको समस्या हुन् नदिने र संक्रमण भेटए निशुल्क उपचार गरिदिने प्रतिबद्वता नेपाल सरकारले गरेको छ।

यस किसिमको पत्राचार अन्य मुलुकका राजदुतावासले पनि सम्बन्धित देशको पररास्ट्र मन्त्रालयहरुलाइ गर्न लागेको जानकारी प्राप्त भएको छ। कोभिड १९ भाइरसको संक्रमण फैलिन सुरु भएपछि युरोपका अन्तरास्ट्रिय उडानहरु एकाएक अबरुद्व भएका थिए। केहि दिन देखि नेपाल सरकारले संक्रमण फैलिएका अन्य मुलुकबाट हवाई सम्पर्क पूर्णरुपमा बन्द गरेको छ। विदेशमा रहेका थुप्रै नेपालीहरुको भिसाको म्याद सकिएको र यस्तो बेलामा नेपाल फर्कन नसक्ने हुँदा पररास्ट्र मन्त्रालयको निर्देशनमा यस्तो कुटनितिक पहल गरिएको नेपाली राजदुतावास पेरिसका उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले जानकारी दिनुभयो ।

फ्रान्स सरकारले भने यस अघिनै भिसा सकिएका विदेशीहरुको ३ देखि ६ महिना सम्म भिसा थप्न सकिने जानकारी दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here