यूएईमा काेराेना संक्रमित २ जना नेपालीलाइ निकाे भयो : युएई स्वास्थ्य मन्त्रालय

यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस बाट संक्रमित २ जना नेपाली नागरिकलाइ निको भएको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ।

त्यस्तै युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले ट्विट गर्दै चुस्त उपचारका लागि युएइ सरकारलाई धन्यवाद दिएका छन्।

युएई सरकारले पनि अत्यावश्यक बाहेक बाहिर निस्कन नदिने भएको छ। यो संगै युएईमा अहिले सम्म ४१ जनाले स्वास्थ्यलाभ गरेका छन् भने ४५ जनाको उपचार हुदैं छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here