एनआरएन फ्रान्सले बिधार्थीहरुलाइ चामल, दाल, चिनी लगायत खाध्य वस्तुहरु वितरण गर्ने

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले कोरोना भाइरसको महामारीका कारण प्रभावित बिद्यार्थीहरुलाइ सहयोग गर्न निश्चित मापदण्ड र सर्तहरु सहित राहत कार्यक्रम ल्याएको छ।

यस राहत कार्यक्रममा निम्न खाध्य वस्तुहरुलाई समावेश गरिएको छ।
१)चामल
२)दाल
३)तेल
३चिनी
४)नुन

एनआरएन फ्रान्सले यो प्याकेज लिन १ फेब्रुअरी २०२० भन्दा पछि फ्रान्स प्रवेश गरेको हुनुपर्ने बताएको छ। संगै आफ्नो आगमन प्रवेशाज्ञाको मिति सहितको फोटो, साथै आफ्नो ठेगाना परिचयपत्रको फोटोकपि लिएर तोकिएको स्थानमा आउनु पर्ने छ।

अन्य देशका एनआरएनहरुले पनि आ-आफ्नो तरिकाले बिद्यार्थी तथा नव आगन्तुक समस्यामा परेकालाइ सहयोग गर्दै आइरहेका छन्। कोरोना भारसको महामारी र त्यसले उब्जाउने संकट बाट विदेशमा बिशेष गरि खाडी मुलुकमा रहेका श्रमिकहरु र अन्य देशमा रहेका बिद्यार्थीहरुलाइ ठुलो असर पर्ने बताइन्छ ।

पुरा सूचना : 

एन.आर.एन.ए फ्रान्सको आपतक़ालीन राहत वितरण सम्बन्धमा

फ्रान्स बासी संपुर्ण नेपाली जनसमुदायमा हार्दिक नमस्कार।
कोभिड-१९ को प्रकोपका कारण विश्व कै जनजिवन यतिखेर आक्रान्त छ। फ्रेञ्च सरकारले आफ्ना नागरिकलाई यस रोगको नियन्त्रणको लागि स्वयं संगरोध कार्यक्रम अन्तर्गत स्वयंलाई स्व-स्थानमा व्यवस्थापन गरि बाहिर ननिस्कन हार्दिक आव्हान गरेको छ। यस परिस्थितिमा नागरिकको लागि दैनिक उपभोग्य वस्तु तथा सेवाको नियमित आपुर्तिको लागि मुख्य र ठूला व्यापारीक केन्द्र ,औषधालयहरु,वित्तीय संस्थाहरु आदि सरकारी सुरक्षाको नियमन र निगरानीमा मात्र खुलेका छन र अधिकांस रोजगारदाता उध्योग व्यवसायहरु अर्को सरकारी सुचना नआउञ्जेलको लागि बन्द छन ।स्वभाविक रुपमा भर्खरै फ्रान्स पढ्न आएका विध्यार्थी र हालमासै अन्य तवरले फ्रान्स भित्रिएका नेपालीहरुलाई यस संकटको मार निकै पर्न सक्छ। यसै कुरालाई मध्यनजर गरेर एनआरएनए फ्रान्स[२०१९|२१] ले निश्चित मापदण्ड र सर्तहरु सहित उहाँहरुको लागि राहत कार्यक्रम ल्याएको छ।

यस राहत कार्यक्रममा निम्न खाध्य वस्तुहरुलाई समावेश गरिएको छ।
१)चामल
२)दाल
३)तेल
३चिनी
४)नुन

मापदण्ड तथा सर्तहरु
– १ फेब्रुअरी २०२० भन्दा पछि फ्रान्स प्रवेश गरेको हुनुपर्ने
-उहाँको कोही ख्याल गर्ने आफन्त या स्पोन्सर नभएको अवस्था हुनु पर्ने छ ।
– आफ्नो आगमन प्रवेशाज्ञाको मिति सहितको फोटो संस्थाको इमेल ठेगानामा पठाउनु पर्ने छ।
-यस बाहेक अन्य विध्यार्थी तथा नेपालीलाई पनि एकदमै गार्हो छ भने र सहयोगको वास्तविक आवश्यकताको पहिचान गरी उल्लेखित राहत उपलब्ध गराइने छ।
-राहत आवश्यक योग्य व्यक्तिहरूले इमेल तथा सम्पर्क ब्यक्तिहरू संग संपर्क गरि आफ्नो नाम, ठेगाना परिचयपत्रको फोटोकपि उपलब्ध गराउनुको साथै तोकिएको स्थानमा आउनु पर्ने छ। सकेसम्म राहत वितरण गर्दा राहत ग्राहीलाई सहज हुने स्थान सम्म समन्वय गरिने छ ।

राहत वितरण केन्द्र
नेपाली पाठशाला
मिति : 25 March 2020 बाट वितरण गरिनेछ
संस्थाको इमेल
nrnfrance@gmail.com

राहतको लागी सम्पर्क ब्यक्तिहरू : सँस्थाको फेसबुकमा : लिंक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here