पछिल्लो २४ घण्टामा इटालीमा करिब ८००, स्पेनमा ३२४ र फ्रान्समा ११२ जनाको मृत्यु रेकर्ड

इटालीमा गत २४ घण्टामा ७९३ भन्दा बढीको मृत्यु भएको छ। यो तथ्यांक अहिले सम्मकै उच्च हो। यो संगै मृत्यु हुनेको कुल संख्या ४ हजार ८ सय २५ पुगेको छ । १० मार्च देखि पुरै देशवासीलाइ आइसोलेसनमा रखिएको छ तर पनि भाइरस फैलिने क्रम बढीनै रहेको छ। त्यस्तै गत २४ घण्टामा ६ हजार ५ सय ५७ जना संक्रमित भएका छन। यो संगै अहिले सम्म कुल संक्रमितको संख्या ५० हजार नागेको छ ।

इटाली पछि दोस्रो बढी प्रभावित युरोपियन देश स्पेनमा गत २४ घण्टामा ३२४ भन्दा बढीको मृत्यु भएको छ। यो संगै मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २६ पुगेको छ । त्यस्तै गत २४ घण्टामा संक्रमितको संख्या ३२% ले बृद्वी भएको छ । यो संगै अहिले सम्म कुल संक्रमितको संख्या करिब २५ हजार नागेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्पेनको राजधानी म्याड्रिडमा मात्रै ९ हजार भन्दा बढीमा भाइरसको फेला परेको छ। स्पेनवासीलाइ १४ मार्च देखिनै आइसोलेसनमा राखिएको छ।

स्पेन पछि संक्रमितहरुको संख्या जर्मनीमा २१ हजार पुगेको छ, त्यहाँ करिब ८० जनाको मृत्यु भएको बताइएको छ। जर्मनीमा मृत्युदर अत्यन्तै कम हुनु अस्चार्यजनक भएको स्वास्थ्यकर्मीहरुले बताइरहेका छन्।

फ्रान्समा गत २४ घण्टामा ११२ जनाको मृत्यु भएको छ। यो तथ्यांक अहिले सम्मकै उच्च हो। यो संगै मृत्यु हुनेको कुल संख्या ५ सय ६२ पुगेको छ । फ्रान्समा पनि १६ मार्च देखि देशवासीलाइ आइसोलेसनमा रखिएको छ तर पनि भाइरस फैलिने क्रम बढीनै रहेको छ। अहिले सम्म कुल संक्रमितको संख्या १४ हजार ४ सय ६० नागेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here