एनआरएन स्पेनले आर्थिक समस्यामा रहेकाहरुलाइ खाद्यान्न राहत वितरण गर्ने

गैर आवासीय नेपाली संघ स्पेनले आर्थिक समस्यामा रहेका नेपालीहरुलाइ राहत वितरण गर्ने भएको छ। विश्वभरी महामारीको रूपमा फैलीएको करोना भाईरस को विषम परिस्थितिमा कोहि पनी व्यक्ति भोकै बस्न नपरोस भन्दै प्रकाशित गरिएको बिज्ञप्तिमा १५ दिनको राहत प्याकेज घोषणा गरिएको छ। स्पेनमा हिडडुल गर्न निषेध गरिएको छ भने यो अवधि अझै २ हप्ता बढ्ने संकेत दिइएको छ। एनआरएन स्पेनले नेपाली समुदायलाइ सहायोगको लागि एक साता अगाडीनै बिशेष समिति बनाएको थियो।

शुक्रवार २० मार्च सम्म स्पेनमा कोभिड १९ भाइरसको कारणले मृत्यु हुनेको संख्या १००० नाघेको छ भने कुल संक्रमितको संख्या २० हजार नाघेको छ। हिजो एकै दिनमा ३ हजार संक्रमित थपिएका थिए। सरकारले सिकिस्त बिरामी नहुन्ज्लेल परिक्षण नगर्ने कारण यो संख्या अझै बढी हुन् सक्ने बताइन्छ।

पुरा बिज्ञप्ति :

इटालीमा रहेका नेपाली समाजहरुले पनि यस किसिमको राहत प्याकेज दिदैं आइरहेका छन्।

त्यस्तै पोर्चुगलमा रहेका नेपालीहरुलाई भाइरसको संक्रमण वा आशंका वा कुनै संकेत वा समस्या देखिएमा आवश्यक सहयोग जस्तो: एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्ने, प्रारम्भिक जानकारीहरु दिने जस्ता कामहरुमा मद्दत पुर्याउन एनआरएन पोर्चुगलले ७ सदस्यीय सहयोग समन्वय (हेल्प डेक्स) समिति गठन गरेको छ ।

यसअघि एनआरएन अस्ट्रेलियाले पनि उच्च अध्ययनका लागि नेपालबाट अस्ट्रेलिया आएर कोरोनाभाइरसको समस्याबाट प्रभावित नेपाली विद्यार्थीलाई १ महिना नि:शुल्क भोजनको व्यवस्था गर्ने बताएको छ । त्यस्तै कोरोना संक्रमित दक्षिण कोरिया स्थित नेपाली दूतावास र एनआरएन कोरियाको सहकार्यमा कोरोना भाइरसको संक्रमणको पूर्व सचेतता कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो।

एनआरएन युकेले पनि एक समिति गठन गरि समस्यामा परेका बिशेष गरि बिद्यार्थीहरुलाइ सहयोग गर्ने बताएको छ। 

 

एनआरएन बेल्जियमले नेपाली समुदायलाई मास्क वितरण गर्ने र सुरक्षित सपिङको व्यवस्थाका साथै अन्य किसिमका आकस्मिक सहयोगका लागि केहि दिन अगाडी नै बेल्जियमका सक्रिय युवाहरु समेटेर समिति बनाएर काम सुरु गर्न लागेको छ। अन्य देशका एनआरएनहरुले समिति बनाउदै सहयोगका कामहरु अगाडी बढाइरहेका छन। कोरोना भारस बाट बिशेष गरि खाडी मुलुकमा रहेका श्रमिकहरु र अन्य देशमा रहेका बिद्यार्थीहरुलाइ ठुलो असर पर्ने बताइन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here