फ्रान्समा एनआरएनएको ग्रीष्मकालीन सामुन्द्रिक भ्रमण सम्पन्न

फ्रान्स । यहि २२ जुलाई २०१८ आईतबारको दिन एनआरएनए फ्रान्सले ग्रीष्मकालीन सामुन्द्रिक भ्रमण सफलताका साथ सम्पन्न गरेको छ।कार्यक्रम अन्तर्गत पेरिसबाट झण्डै २१० कि मी पश्चिम तर्फ पर्ने एबिनभ मभ ऋबदयगचन समुन्द्रिक बीच छनोट गरिएको थियो।

कार्यक्रममा उत्साहपूर्वक रुपमा नेपाली जनसमुदायहरूको सहभागिता रहेको एनआरएनले जनाएको छ। भ्रमणको लागि लगभग १६० जनाको लागि तीनवटा आरामदायी ठूला बसहरूको व्यवस्था गरेको थियो।

आईतबार विहान ७ः३० बजेदेखि नै बस छुट्ने स्थान (Fort d’Aubervilliers) मा नेपाली दाजुभाई दिदीबहिनीहरु र बालबालिकाहरूको चहलपहल सुरु भएको थियो।

पेरिस फर्किनु अगाडी करिब ५ बजे खाजा खाने कार्यक्रम गरिएको थियो। त्यसैक्रममा संघका अध्यक्ष एक बहादुर बहादुर मल्लको सभापतित्वमा धन्यवादको सानो कार्यक्रम आयोजना गरियो।

अध्यक्षले समुन्द्र भ्रमणमा पाल्नु भएका निवर्तमान अध्यक्ष भक्त वाग्ले, संघका संस्थापक अध्यक्ष हरिहर अर्याल, भूतपूर्व अध्यक्ष धनश्याम पौडेल, भूतपूर्व उपाध्यक्ष हरी सापकोटा, सल्लाहकारहरु, तमु समाज फ्रान्सका अध्यक्ष चित्र गुरूङ, नेपाली एकता समाज फ्रान्सका भूतपूर्व अध्यक्ष सुक गुरूङ, मोना फ्रान्सका सल्लाहकार विक्रम भण्डारी, संघ सस्थाका प्रतिनिधि ज्यूहरू, उपस्थित विद्यार्थीहरु र नेपाली दाजुभाई दिदी बैनीहरुलार्इ धन्यवाद दिएका थिए।

यसै गरी धन्यवादकै क्रममा कार्यक्रमलाई सफल बनाउन खटेकी संयोजक पार्वती मल्ल तथा सह संयोजक कृष्ण पराजुली खाना तयार गर्ने श्री गणेश रेस्टुरेन्ट, सगरमाथा रेस्टुरेन्ट, लालकिल्ला रेस्टुरेन्ट, टिकट बिक्रि, किनमेल र यातायातका साथै कार्यक्रम सम्पन्न गर्नको लागि खटिएर सहयोग गर्नुहुने सम्पूर्णलार्इ धन्यवाद दिएका थिए।

संस्थाका संस्थापक अध्यक्ष हरिहर अर्याल, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार भक्त वाग्ले र तमु समाज फ्रान्सका अध्यक्ष चित्र गुरुङले कार्यक्रम सफल तरिकाले सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here