जुत्ता हान्ने रतन तिरूवा भन्छन -वर्गसंघर्षको पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेन

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहार गर्ने युवक बिप्लव समुहको भएको खुलेको छ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् । उनले हानेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिए।

रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएको भए पनि त्यसको खण्डन भएको र पुस्टि हुन सकेको छैन।

‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्।

केहि समय देखि रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध भएको थाहा हुन् आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here