![coronavirus_perpi-nepali](https://parisnepal.com/wp-content/uploads/2020/02/coronavirus_perpi-nepali-696x392.jpg)
अपडेट : यस बिषयमा शनिवार सिमा प्रहरी संग भएको टेलिफोन संवादका अनुसार अस्पतालको परिक्षणमा भइरस देखिएको रहेनछ, र प्रहरीले उनीहरुको बारेमा थप जानकारी दिन मानेन र केहि दिनमा पुनः सम्पर्क गर्न सुझायो।
इटाली हुँदै फ्रान्स छिरेका ३ जना नेपालीमा कोरोना भाइरसको लक्षण देखा परेको फ्रान्सका संचार माध्यमहरुले जनाएका छन्।
इटाली बाट अवैध तरिकाले फ्रान्सको पेर्पिग्न्यों शहर प्रवेश गरेका ति तिन जना नेपालीहरुलाइ अहिले त्यहाँको अस्पतालमा रखिएको छ। उनिहरु पेर्पिग्न्यों हुँदै स्पेन प्रवेश गर्न खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इटाली सिमाना रहेको अस्पतालले अहिले सम्म ति ३ जना नेपालीहरुमाथि गरिएको परीक्षणको नतिजा अहिलेसम्म सार्वजनिक गरेको छैन। पक्राउ गर्न खटिएका प्रहरीहरुलाइ भने परीक्षण नगरी पठाइएको थियो।
कोरोना भारस बाट युरोपेली मुलुक इटाली सबैभन्दा नराम्ररी प्रभावित भएको छ । समाचार तयार पार्दासम्म इटालीमा १७ जनाको मृत्यु भइसकेको छ भने लगभग ६५० जनामा संक्रमण देखिएको छ । इटालीको उत्तरी भेगमा लोम्बार्डी र भेनेटोमा कोरोनाको प्रभाव तीव्र रूपमा फैलिदै गएको देखिएको छ ।
फ्रान्समा कोरोना भाइरस बाट हालसम्म २ जनाको मृत्यु तथा ३८ जना संक्रमित भएको पुस्टि भएको छ।