युरोपमा कोरोना भाइरस तीव्र रूपमा फैलिदै, यस्तो छ तथ्यांक

चीन हुँदै अन्य देशमा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। अहिले युरोप अमेरिका अस्ट्रेलिया र चिनका प्रमुख छिमेकी देशका नागरिकहरुलाइ यसले आतंकित बनाउदै गैरहेको छ।

चीनबाट फैलिन सुरु भएको कोरोना भाइरस को पछिल्लो तथ्यांक अनुसार दुई महिनामा ८२ हजार भन्दा बढी मानिसमा संक्रमण, २८ सयको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । चीनपछि दक्षिण कोरियामा भाइरसले २ हजार ३ सय भन्दा मानिसमा संक्रमण र १४ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । पश्चिम एसियामा अवस्थित इरानमा २६ जनाको मृत्यु र २७० जना भन्दा बढीमा कोरोना को लक्षण देखिएको छ।

विश्‍वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) ले युरोप पनि आक्रान्त भएको छ । यसबाट युरोपेली मुलुक इटाली सबैभन्दा नराम्ररी प्रभावित भएको छ । समाचार तयार पार्दासम्म इटालीमा १७ जनाको मृत्यु भइसकेको छ भने लगभग ६५५ जनामा संक्रमण देखिएको छ । इटालीको उत्तरी भेगमा लोम्बार्डी र भेनेटोमा कोरोनाको प्रभाव तीव्र रूपमा फैलिदै गएको देखिएको छ । इटालीमा फुटबल प्रतिस्पर्धाहरु स्टेडियममा दर्शक बिना नै गर्ने निर्णय गरिएको छ। बिधालयहरुमा छुट्टि दिएको छ भने इटालीका केहि एयरपोर्टहरुमा अन्तरास्ट्रिय उडानहरु रद्व गरिएका छन।

फ्रान्स, जर्मनी र बेलायतमा कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाएको छ। फ्रान्समा कोरोना भाइरस बाट हालसम्म २ जनाको मृत्यु तथा ३८ जना संक्रमित भएको पुस्टि भएको छ। बुधवार र विहिबार गरि २४ घण्टामा २० जनालाइ भाइरस लागेको पुस्टि भएपछी जनमानसमा त्रास फैलिएको छ। आजै रास्ट्रपति माक्रोंले पेरिस स्थित अस्पतालबाट आश्वासन सन्देश दिदैं सरकारले उच्च सतर्कता अपनाएको बताएका थिए। बेलायतमा हाल सम्म १६ जनामा भाइरस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

जर्मनीमा ४८ भन्दा बढी कोरोना बाट संक्रमित रहेको र उपचार भैरहेको बताइएको छ। स्पेनमा अहिले सम्म २५ जनामा कोरोना लागेको पुस्टि भएको छ। ति मध्य अधिकांसको यहि सोमवार बेलुका देखि मात्र लक्षण देखिएको थियो। डेनमार्कमा १ जनामा भाइरस फेला परेको छ। ति व्यक्ति हालै इटालीको बाट फर्किएका बताइएको छ। डेनमार्क जस्तै रोमानिया, नेदरल्याण्ड,  इस्टोनिया र नर्भेमा १ – १ जनामा भाइरस देखिएको छ। स्विजरल्याण्डमा ५ जनामा भारस फेला परेको छ। पोर्चुगलमा १६ जना माथि भाइरसको आसंका गरिएको स्थानीय पत्रिका ओब्जर्भाडर ले जनाएको छ।

चीन पछि सबै भन्दा बढी क्ष्यति बेहोरेको दक्षिण कोरियामा भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेको छ। अमेरिका अहिले सम्म १५ जना संक्रमित भएको बताइएको छ। चीनबाट भर्खरै युरोपतिर सरेको कोरोना भाइरसबाट दक्षिण एसियाली देश उच्च जोखिममा रहेको विश्व स्वासथ्य संगठनले जनाएको छ । इन्डियामा अहिले सम्म ३ जनामा यो लक्षण देखा परेको छ।  हालसम्म विश्‍वका ४७ देशमा ८२ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here