हेलिकप्टर चार्टर देखि नेपालको नक्सा आकारको केक काटेपछि सामाजिक संजालमा ओलीको चर्को आलोचना

आइतबार बिहान बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यसहित पार्टीका केही नेताहरुले प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिनको उपलक्ष्यमा केक काटेर प्रधानमन्त्रीलाइ शुभकामना दिएका थिए त्यसलगत्तै प्रधानमन्त्री आफ्नो जन्मदिनलाई थप विशेष बनाउन पार्टीका केही नेतासहित हेलिकोप्टर लिएर जन्मस्थल तेह्रथुमको आठराई गाउँपालिका पुगेका थिए।

प्रधानमत्रीका साथमा पत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायतका नेता पनि पुगेका थिए।

प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि राज्यसंयन्त्र नै प्रयोग भएको छ। हेलिकप्टर चार्टर गरी पार्टीका व्यक्तिहरु र आफन्तहरु लिएर व्यक्तिगत कार्यक्रममा हिडेकोमा बिहानै देखि सामाजिक संजालमा प्रधानमन्त्रीका विरुद्व टिकाटिप्पणी आउन सुरु भएका थिए। आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको छ। प्रधानमन्त्रिले नेपालको नक्सा आकारमा बनाइएको केक काटेपछि विवाद उत्कर्षमा पुगेको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here