अडियो सार्वजनिक गरेको १८ घण्टा नबित्दै सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

RSS

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो हाम्राकुराले सार्वजनिक गरेको १८ घण्टा नबित्दै बास्कोटाले राजीनामा दिएका हुन् ।

संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेर संसद अवरुद्व गरिरहेको बेला सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्रीको राजीना आएको संसदमा जानकारी दिएका थिए।

उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

एसअघि नेकपाका दुइ अध्यक्ष प्रचण्ड र ओलीको बालुवाटारमा कुराकानी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here