फ्रान्सको ओभरभिलिए सहरको उप–प्रमुखमा निर्मल अर्यालको उम्मेदवारी | ParisNepal.com

फ्रान्समा यहि मार्चको दोस्रो र तेस्रो हप्ता स्थानीय तहको निर्वाचन हुन् गैरहेको छ। यस निर्वाचनमा पहिलो पटक नेपाली मुलका निर्मल अर्यालले ओभरभिलिए सहरको उप-प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। फ्रान्सको सोसियलिस्ट पार्टीका उम्मेद्वार मार्क गुएरिएनको समुह बाट अर्यालले चुनाव लड्ने छन्।

सोसियलिस्टहरुको राम्रो प्रभावमा रहेको ओभरभिलिय क्षेत्रमा थुप्रै नेपालीहरुको बसोबास रहेको छ। फ्रान्सको राजधानी पेरिस संगै जोडिएको ओभरभिलिए यहाँको ठुलो महत्वपूर्ण संवेदनशील र तीव्र विकास भैरहेको नगरपालिकामा पर्दछ। करिब ८३ हजार जनसंख्या भएको यस ठाउँमा विदेशीमुलका नागरिकहरुको बाहुल्यता रहेको छ।

गैर आवासीय नेपाली संघ, एनआरएनए फ्रान्सको युवा संयोजक हुँदै २०११ मा अध्यक्षको कार्यकाल सफलताका साथ् सम्पन्न गरेका अर्याल नेपाली डायस्पोरामा पनि उत्तिकै परिचित छन्। पेसाले उनी सिभिल इन्जिनियर विगतमा बैंकको शाखा अध्यक्ष हुँदै अहिले राजनीतिमा प्रवेश गरेका उनले धेरै क्षेत्रका फ्रेन्चहरु संग राम्रै घुलमिल गर्ने अवसर पाएका थिए जसलाई अहिले आफनो सफलताको रुपमा लिँदै नगरपालिकाको लागि योजना बनाएर अगाडी बढेका छन्। समाजसेवामा कहिल्ल्लै विश्रामलिनु हुदैन भन्ने अर्यालको लगनशीलता, परीश्रम, अध्ययन, सामाजिक भावना, जिम्मेवारीबोध र अनुभवी व्यक्तित्व भएकै कारण नगरपालिकामा काम गर्न र पहिचान बनाउन सफल भए।  फ्रान्सको एतिहासिक सोसियलिस्ट पार्टी बाट Réveiller Aubervilliers अभियानमा सहभागी हुने अवसर पाएका उनले यस अभियानको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। केहि साता देखि सक्रिय युवाहरु र सामाजिक व्यक्तित्वहरु अभियानमा जोडिने क्रम निरन्तर रहेकोले अर्यालको समुहले जित्ने सम्भावना बढ्दै गैरहेको छ।

निर्वाचन मार्चको १५ र २२ तारिख गरी दुइ चरणमा सम्पन्न हुनेछ। निर्वाचनमा मतदान गर्न फेन्च नागरिक भएको, सोहि नगरपालिकामा वसोवास गरेको र मतदाता परिचयपत्र लिएको हुनुपर्दछ । सोसियलिस्ट पार्टीले १० बर्ष भन्दा बडी फ्रान्समा बसेका विदेशीहरुले पनि स्थानीय निर्वाचनमा मतदान गर्न पाउनु पर्ने लगायत, सामाजीक न्याय र समानताको विषयमा बिभिन्न मुद्वाहरु उठाउदै आएको छ ।  चुनावको पहिलो चरणमा पूर्ण बहुमत ल्याउन नसकेकाहरु दोस्रो चरणमा सापेक्ष बहुमतको अधारमा विजयी हुन सक्छन। अन्त्यमा सबै विजयी काउन्सुलरहरुको भोटले नगरप्रमुख (मेयर) र नगरपालिका बिभिन्न क्षेत्रमा काम गर्न उपप्रमुखहरू adjoint छनोट गरिन्छ । फ्रान्सको स्थानीय तहको कार्यअवधि ६ बर्षको हुने गर्दछ ।

२०३२ सालमा गोरखा जिल्लामा जन्मिएका निर्मल अर्याल १३ वर्षको उमेरमा बुवा हरिहर अर्यालसँगै फ्रान्स आएका थिए । सुरुका दिनहरुमा भाषाको समस्यामा झेलिदै मेहनतका साथ मास्टर्स अध्ययन पुरा गरेका अर्याल सफल इन्जिनियर, बैंक तथा बिभिन्न क्षेत्रको नेतृत्व सफलताका साथ सम्हालेर दोस्रो पुस्ताका नेपालीहरु माझ उदारणीय बन्न पुगेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here