फिनल्यान्डकी निरुशा खत्री बनिन मिस नेपाल युरोप बिजेता

युरोपमा पहिलो पटक आयोजना गरिएको “मिस नेपाल युरोपको” बिजेता फिनल्यान्डकी निरुशा खत्री भएकी छिन् ।

ड्रिम्स नेपालको आयोजनामा आइतवार बेल्जियमको लुभेन सहरमा सम्पन्न प्रतियोगितामा सहभागी १२ प्रतियोगी मध्य सर्वोत्कृष्ट प्रस्तुति दिदैं उनले टाइटल जितेकी हुन् । त्यस्तै फस्ट रनरपउको उपाधी आयरल्याण्डकी संगिता थापाले जितिन, सेकेण्ड रनर अप बेल्जियमकी ज्योति भट्टले जितिन, मिस फोटो जेनिस मेला नेपाली, मिस सोसियल श्रद्धा थापा भएका थिए ।

हिडेन ट्रेजररका डाइरेक्टरहरु दिवाकर राजकर्णिकार र प्रमोदरत्न कंसाकर लगायत मिस नेपाल अनुस्का श्रेष्ठ, ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाले विजेताहरुलाई नगद तथा क्राउन प्रदान गरेका गर्नु भएको थियो। प्रतियोगिताको कोरियोग्राफर पूर्वमिस नेपाल सुगारिका केसी रहेकी थिइन् । समारोहमा गायिका नलिना चित्रकार, अफिसियल ड्रेस डिजाईनरमा युवी थापा सहभागी थिए ।

मिस युरोप नेपालकी उपाधी बिजेता खत्री नेपालमा आयोजना हुने मिस नेपाल २०२० को फाईनल राउण्डमा सोझै प्रबेश पाउनेछिन ।

ड्रिम्स नेपालकी अध्यक्ष योगिता थापाले युरोपमा रहेका नेपाली चेलीहरुमा अन्तरनिहित प्रतिभालाई उजागर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले मिस युरोप नेपाल आयोजना गरिएको  बताउनुभयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here