अडिसनको तिब्र तयारीमा इनास फ्रान्स

लक्ष्मण गगन, अन्तरास्ट्रिय कलाकार समाज फ्रान्स (इनास फ्रान्स ) को  आयोजनामा  यहि आउदो ९ फेब्रुअरी २०२० का दिन कलाकार छनौट कार्यक्रम हुदै छ । आगामी ३ र ४ अप्रिलमा जर्मनीको म्युनिकमा हुन गहिरहेको युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगीतामा फ्रान्सबाट सहभागी हुने प्रतियोगीहरुको छनौटका लागि यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

फ्रान्समा बसोबास गर्ने नेपाली मूलका १३ बर्ष भन्दा माथिका जो कोहिले पनि उक्त छनौट कार्यक्रममा भाग लिन सक्ने छन्  । प्रतियोगी आफैले छौनोट गरेको एउटा लोक  र एउटा आधुनिक गीतमा एकल प्रस्तुति दुइ खण्डमा प्रस्तुत गर्नुपर्ने छ । एउटा गीतको लागि बढीमा ३,३० मिनेटको समय दिइनेछ  भने नृत्य तथा गायनमा  रुची राख्नेहरुले आउदो ३१ जनवरी सम्म सहभागीताको लागि आबेदन दिन सक्ने छन ।

दिउसो १२ बजे देखि सुरु हुने कार्यक्रमलाई कलाकार छनौट संगै  मनोरन्जनात्मक रुप दिन इनास कार्यसमिति लागिपरेको छ । हरेक पल्ट जस्तै  कार्यक्रममा आउने आगन्तुकहरुलाइ नेपाली खानाको पनि ब्यबस्था गरिएको छ ।

गत बर्षको अडिसन कार्यक्रम मार्फत गायन र नृत्यमा क्रमशः २-२ जना कलाकारको छनौट गरि बेल्जियममा सम्पन्न युरोप स्तरीय प्रतियोगीतामा इनास फ्रान्सले आफ्नो सहभागीता जनाइसकेको थियो र अहिलेसम्म इनास फ्रान्सले गरेका गुणस्तरिय कार्यक्रमहरुको सफलता अनि छोटो समयमै पाएको ख्यातीले , गत बर्ष भन्दा धेरै कलाकारहरुको बिश्वास र आशा बटुल्न सकिने इनास महासचिब महेन्द्र अधिकारीको  बुझाइ छ । यसै अनुरुप थुप्रै आबेदन आइरहेको र इनास फ्रान्सको फेसबुक पेजबाट कार्यक्रमको बारेमा थप जानाकारी लिन सकिने कुरा पनि उपाध्यक्ष आभाष आचार्यले जानाकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here