फ्रान्समा माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न | पेरिसनेपाल

गत बर्षहरु झैँ यस बर्ष पनि मगर समाज फ्रान्सले मगरहरुको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्ब विशेष समारोह आयोजना गरी फ्रान्सको राजधानी पेरिसमा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीहरुका साथ सामूहिक रुपमा १९ जनवरीमा भव्यताका साथ मनायो । सो समारोह समाजका अध्यक्ष रमेश थापा ज्यू र मुख्य अतिथी, नेपाली राजदुताबास फ्रान्सका उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल ज्यू ले संयुक्त रूपमा पानसमा बत्ती बालेर समुदघाटन गर्नु भएको थियो । समाजका उपाध्यक्ष बिष्णु सारू मगरले स्वागत मन्तंब्य दिदै मगर जाती र संस्कृतिका बारेमा प्रकाश पार्नु भएको थियो साथै नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण बर्ष २०२०” लाइ मगर समाज फ्रान्सले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

माघे संक्रान्तिमा खाईने परिकारहरु तरुल, तिलको लड्डू, चाकु, सेल रोटी अचार सहित स्वादिस्ट भोजनको साथमा समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बैनीहरुलाई सयोजँन गरी तयार पार्नु भएको मौलिक नृत्यकला प्रस्तुत गरीरहदा आम दर्शकहरु आफु स्वदेश मैं भएको अनुभूति गरेको भन्नू भएको थियो । अझै जापानी नागरिक सुश्री इकोमी तोगावा स्थानीय चर्चित कलाकार भिम राइ संग “दुबो फुल्यो” गितमा नेपाली ठेट लयमा नाच्दै गर्दा आम दर्शकले once more , once more को हुटिंग गुन्जियको थियो । कार्यक्रम प्रस्तोता द्वय जीवन थापा र रमा थापाले बीच बीचमा ठट्टेउली पारामा भनेको सायरीले दर्शकहरुलाइ थप रोमान्चित बनाएको थियो ।

उक्त कार्यक्रममा स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने बिशेष अतिथिका रुपमा बिश्व मगर संघ बेल्जीयमका युरोप संयोजक श्री नेत्र थापा मगर ज्यू र मगर संघ पोर्तुगलक अधक्ष्य श्री चोप बहादुर थापा ज्यु हुनुहुन्थ्यो । उक्त समारोहको मन्तब्य दिनेक्रममा प्रमुख अतिथि नेपाली राजदुताबास फ्रान्स उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल ज्यू ले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै यही जन्मी हुर्कदो पूस्ताहरुले आफनो मौलिक कला संस्कृतिको मूल्य मान्यता बारे जानकारी पाउने बताउनु भयो ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार द्वय प्रसाद खप्तरी मगर र निता पुन मगर को प्रस्तुतिले दर्शकलाइ निकै बेर नचाएको थियो साथै स्थानीय कलाकार जी पी गुरुङ, आभाष आचार्य, स्वर्णिम गुरुङ, सुमन ह्यंग राईको प्रतुती निकै आकर्षक रहेको थियो भने डेनमार्क बाट आउनु भएकी अतिथि कलाकार एन्जल खत्रीको प्रस्तुतिले दर्शक माझ वाहवाही लुटेको थियो ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष श्री रमेस थापा ज्यूले उपस्थित सबैलाई साथै समारोह सफल बनाउन दिनरात खटिने समाजका सबै साथीहरुलाई बिशेस धन्यबाद ज्ञापन गर्नुभएको थीयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here