
फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४० औँ महासभा बैठकमा भाग लिन आउनु भएका मन्त्रि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सभालाइ आज नोभेम्बर १६ तारिखका दिन सम्बोधन गर्दै राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्नु भएको छ।
यसै बीच मन्त्रि पोखरेलले नेपालमा युनेस्कोको सहयोग र त्यसको निरन्तरताका विषयमा छलफल गर्दै शिक्षा क्षेत्रमा नेपालको अवस्था र सरकारको लक्ष्य बारे बताउनु भएको थियो। मन्त्रि पोखरेलले सम्बोधन गर्ने सेसनमा बोस्निया, गुयाना, कंगो, मदागास्कार, कोरिया क्यानाडा लगायत देशका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।
महासभामा भेटघाट कै क्रममा भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ सँगको भेटवार्तामा मन्त्री पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराउनु भएको थियो ।
विश्वका १९३ मुलुकका प्रतिनिधि सहभागी महासभामा शिक्षा सचिव महेशप्रसाद दाहाल, युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि (राजदूत) दीपक अधिकारी, पेरिस राजदुतावासका उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल, युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारी, स्वकीय सचिव बिनोद न्यौपाने, आयोगको सचिवालयका सचिव खगराज पौडेल, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेललगायत आठ सदस्य सहभागी हुनुहुन्थ्यो ।
मन्त्री पोखरेल ७ सदस्यीय प्रतिनिधि मण्डल सहित यहि १२ नोभेम्बरका दिन पेरिस आउनु भएको थियो। उहाँ पेरिस स्थित युनेस्को मुख्यालयको कार्यक्रम सकेर आजै प्रतिनिधिहरु सहित फिनल्याण्ड प्रस्थान गर्नु भएको छ।
speech