
पोर्चुगल सरकारले कामदारहरुको न्यूनतम ज्याला २०२० मा करीव ६ प्रतिशतले बढाउने घोषणा गरेको छ। समाजवादी पार्टीको सरकारले ४ बर्षमा २५ प्रतिशतले न्युनतम तलब बढाउने निर्णय गरे संगै यो आउने बर्ष पनि तलब बृद्वी हुने भएको हो। बृद्वी संगै अब कामदारहरुले कम्तिमा ७०० युरो (६३५ युरो ट्याक्स बाहेक) पाउने छन।
प्रधानमन्त्री एन्टोनियो कोस्टाले यस बारेमा बोल्दै यो वृद्धि हाम्रो आर्थिक र सामाजिक परिस्थिति अनुरूप रहेको र हाम्रो व्यवस्थापिकाको उद्देश्यसँग पूर्ण रूपले उपयुक्त छ भनेका छन्।
एन्टोनियो कोस्टा सत्तामा आउदा उनले न्युनतम तलब बृद्वी गर्दै २०२३ भित्र कुल २५ प्रतिशतले बढाउने बाचा गरेका थिए। सरकारको यो कदम संगै पोर्चुगलमा रहेको आर्थिक कठोरता नीति को अन्त भएको अनुमान गरिएको छ। पोर्चुगलमा ७ लाख २० हजार मानिसहरु न्युनतम तलबमा काम गर्ने गरेको बताइन्छ।