बेल्जियमस्थित भारतीय दूतावासअगाडि नेपालीहरुको विरोध प्रदर्शन

प्रकाश सापकोटा, १९ नोभेम्बर २०१९
भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि नेपालमा मात्र नभई संसारभर छरिएर रहेका नेपालीहरूले आआफ्नो स्थानबाट विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

यसैक्रममा यहि सोमवार बेल्जियमका नेपालीहरूले ब्रसेल्सस्थित भारतीय दूतावासमा अगाडी ’गो ब्याक इन्डिया फ्रम नेपाल’ लेखिएको ब्यानरसहित विभिन्न राजनीतिक सङ्गठन, एनआरएन, जातीय तथा क्षेत्रीय सङ्घसंस्थाहरूको उपस्थितिमा नाराजुलुस गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै ज्ञापनपत्रमा सीमा अतिक्रमण लगायत सीमामा हुने भारतीय ज्यादती तत्काल रोक्न माग गर्दै भारतले जारी गरेको नयाँ नक्सा सच्याउनका लागि आग्रह गरिएको बिरोध कार्यक्रममा उपस्तिथहरुले बताएका छन  उपस्थित नेपालीहरुले प्रातिकूल मौसमलाई चुनौती दिँदै दूताबासअगाडि ‘गो ब्याक इन्डिया, कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, भारतीय साम्राज्यवाद मुर्दावाद’ लगायत नारा लगाएका थिए । बेल्जियममा रहेका नेपालहरुले मातृभूमी प्रतिको प्रेम, रास्ट्रीयता, राष्ट्रिय स्वाधिनताको मुद्वामा देखाएको एकताको सबैले सामाजिक संजाल मार्फत प्रसंसा व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम, प्रवासी नेपाली मञ्च, प्रवासी नेपाली एकता समाज,  नेपाली सङ्घीय समाज, नेफिन बेल्जियम, जनसम्पर्क समिति बेल्जियम, एनआरएन बेल्जियम लगायत बिभिन्न संघ सँस्था तथा सामाजिक व्यक्तित्वहरु लगायत सबै देशप्रेमी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

अस्ट्रेलिया, जापान, जर्मनी अमेरिका आदि बिभिन्न देशहरुमा भारतीय राजदुतावास अगाडी बिरोध कार्यक्रमहरु सम्पन्न भैसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here