कालापानी विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

लिपुलेक-कालापानीमा भारतले नेपालको सिमा मिचेको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक राखेर छलफल गर्ने भएका छन् ।

सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । भोलि शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइए छ । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। स्वतः फुर्त रुपमा युवाहरुले राजधानी लगायत देशका बिभिन्न ठाउँमा आन्दोलन चर्काइरहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको हो।

जम्मु तथा कस्मिर दुई फरक प्रशासनिक क्षेत्रमा विभाजन गरि भारतले नयाँ नक्सा जारी गरेको थियो। यो नक्सालाई पाकिस्तानले मान्न अस्वीकार गर्दै घोर आपत्ति जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले हालै प्रकाशित नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए। कालापानीमा बर्षौ देखि भारतीय सेनाको क्याम्प राखिएको छ। सन् १९६२ मा भारत–चीन युद्धको समयमा कालापानीमा भारतले सैनिक ब्यारेक निर्माण गरेको थियो। नेपाली सेनाको नियन्त्रणमा रहेको क्षेत्र भारतलाइ युद्व अवधिकोलागि दिइएको थियो। त्यसपछि भारतले कहिले पनि सो क्षेत्रबाट आफ्ना सैनिकहरु हटाएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here