भारतीय दूतावासको मुख्य गेटमा मोदीको पुत्ला दहन, आइतबार भारतीय दूतावासको गाडी चल्न नदिने

नेपाल विद्यार्थी संघ (नेविसंघ) का बिधार्थी/कार्यकर्ताहरुले लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि विद्यार्थीले निशेधित क्षेत्र तोडेर गेटअगाडि नाराबाजी गर्दै पुत्लादहन गरेका हुन् ।  सोही क्रममा आक्रोसित विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो ।  झडपका क्रममा केहि विद्यार्थी घाइते भएका छन् ।  आक्रोशित विद्यार्थीले आइतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् ।

आजै दिउसो नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ विद्यार्थी संगठन (अनेरास्ववियु) ले  भारतीय दुतावास घेराउ गरेर धर्ना दिएका थिए । उनीहरुले भारतीय दूतावास अगाडि नै भारतको ‘विवादित’ नक्सा जलाएका थिए ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै नेपालभरि स्थानीयहरुले विरोध प्रदर्शन गरिरहेका छन् । आजै कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित नेपाल भारत सीमास्तम्भ ७९३–१ बाट जुलुससहित भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गर्दै सीमा नाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here